Kathmandu Press

कांग्रेस महासमिति बैठकको बन्दसत्र सुरु, पाँचवटा प्रतिवेदन प्रस्तुत हुँदै

प्रस्तुत हुने प्रतिवेदनहरूमाथि सहमति नजुट्दा मंगलबार विहान ढिलागरी बैठक सुरु भएको हो । बन्दसत्र सुरु भएलगत्तै उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव वाचन गरेर सुनाएका छन्।
कांग्रेस महासमिति बैठकको बन्दसत्र सुरु, पाँचवटा प्रतिवेदन प्रस्तुत हुँदै

काठमाडौं, फागुन ८ : नेपाली कांग्रेसको महासमिति बैठकअन्तर्गत बन्दसत्र सुरू भएको छ । मंगलबार विहान नौं बजेदेखि बन्दसत्र सुरु हुने भनिएपनि ११ बजेदेखि मात्र सुरु भएको हो।

सोमबार सभापति शेरबहादुर देउवाले उद्घाटन गरेको बैठकमा पाँचवटा प्रतिवेदनहरु प्रस्तुत हुँदैछन्। प्रस्तुत हुने प्रतिवेदनहरूमाथि सहमति नजुट्दा मंगलबार विहान ढिलागरी बैठक सुरु भएको हो । बन्दसत्र सुरु भएलगत्तै उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव वाचन गरेर सुनाएका छन्।

Hardik ivf

महामन्त्री गगन थापाले प्रस्तुत गर्ने सांगठनिक प्रस्तावमा पार्टीका पदाधिकारीहरूबीच मतभेद भएपछि मंगलबार विहानसम्ममा प्रस्तावहरुमाथि मोटामोटी सहमति जुटेको छ।

Photo-(22)-1708410165.jpeg

बन्दसत्रमा उपसभापति खड्काले नीति, महामन्त्री गगन थापाले सांगठनिक, अर्का महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक र अर्थमन्त्री एवम् पार्टीका प्रवक्ता प्रकाशशरण महतले मुलुकको आर्थिक अवस्थाबारेको प्रस्ताव पेश गर्नेछन् । त्यसपछि ती प्रस्तावहरूमाथि समूहगतरुपमा छलफल हुनेछ।

महामन्त्री थापाले आफ्नो सांगठनिक प्रस्तावमा ‘०७९ को चुनावमा गठबन्धन गर्नु हाम्रो बाध्यता थियो, तर नेपाली कांग्रेस दृढ संकल्प गर्छ कि हामी आगामी चुनावहरू हाम्रो आफ्नै तागतमा एक्लै लड्ने छौं, र हाम्रा समर्थक–शुभेच्छुकलाई रूख चिह्नमा मात्रै मत हाल्न पाउने सुनिश्चित गर्नेछौं’ भन्ने उल्लेख गरेपछि त्यही विषयमा सभापति देउवासहित उनीपक्षीय पदाधिकारीहरूले आपत्ति जनाएका थिए।

Photo-(20)-1708410166.jpeg

प्रस्तावमै त्यो विषय आउन नदिन संस्थापन पक्षले दबाब बढाएपनि अन्ततः महासमिति बैठकमा यो विषय प्रस्तावकारुपमा पेश गर्न सभापति देउवा तयार भएका छन् । अहिले नै गठबन्धन नगर्ने भन्ने लेखेर अघि बढ्दा वर्तमान सत्ता गठबन्धनमा खटपट हुन सक्ने भन्दै सभापति देउवा सशंकित भएका थिए।

प्रकाशित मिति: १२:०८ बजे, मंगलबार, फागुन ८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्