पाँचवटा प्रतिवेदनमा आजैबाट छलफल सुरु हुने
बैठकमा नीति प्रस्ताव तयारी समितिका संयोजक एवं उपसभापति पूर्णबहादुर खड्काले नेपाली कांग्रेसको नीति प्रस्ताव, महामन्त्री गगनकुमार थापाले सांगठनिक प्रस्ताव र महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रस्ताव पेस गर्नेछन् ।
काठमाडौं, फागुन ८ : नेपाली कांग्रेस महासमिति बैठकमा आज पाँचवटा प्रतिवेदन प्रस्तुत हुने भएको छ । प्रतिवेदनमाथि आजैबाट छलफल सुरु हुनेछ ।
बैठकमा नीति प्रस्ताव तयारी समितिका संयोजक एवं उपसभापति पूर्णबहादुर खड्काले नेपाली कांग्रेसको नीति प्रस्ताव, महामन्त्री गगनकुमार थापाले सांगठनिक प्रस्ताव र महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रस्ताव पेस गर्नेछन् ।
प्रवक्ता डा. प्रकाशशरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशा सम्बन्धी प्रतिवेदन तथा लेखा समितिका संयोजक श्यामकुमार घिमिरेले लेखा परीक्षण प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ ।
ती प्रतिवेदनहरूमाथि समूहगत रूपमा छलफल हुनेछ । समूह विभाजन गरेर छलफल हुने कांग्रेसले जनाएको छ ।
प्रकाशित मिति: ०८:३३ बजे, मंगलबार, फागुन ८, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार

![यातायात कार्यालयमा सेवाग्राहीको भिड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_e5165121-1783068187.jpg)