Kathmandu Press

महासमिति बैठक : चुनावमा एक्लै लड्ने प्रस्ताव लैजाने सहमति 

यो सहमतिसँगै महामन्त्री गगनकुमार थापाको सांगठनिक प्रतिवेदनले अन्तिम रुप पाएको हो । सोमबार अपराह्नदेखि निवास बुढानिलकण्ठमा करिब ५ घन्टा पदाधिकारी र पूर्वपदाधिकारी सहभागी बैठकमा महामन्त्री थापाको प्रस्तावबारे केन्द्रित रहेर छलफल भएको थियो। 
महासमिति बैठक : चुनावमा एक्लै लड्ने प्रस्ताव लैजाने सहमति 

काठमाडौं, फागुन ८ : नेपाली कांग्रेसले महासमिति बैठकमा भविश्यमा हुने चुनावमा एक्लै लड्ने संकल्प गर्ने प्रस्ताव लैजाने बिषयमा सहमति जुटेको छ । 

यो सहमतिसँगै महामन्त्री गगनकुमार थापाको सांगठनिक प्रतिवेदनले अन्तिम रुप पाएको हो । सोमबार अपराह्नदेखि निवास बुढानिलकण्ठमा करिब ५ घन्टा पदाधिकारी र पूर्वपदाधिकारी सहभागी बैठकमा महामन्त्री थापाको प्रस्तावबारे केन्द्रित रहेर छलफल भएको थियो। 

Hardik ivf

महामन्त्री थापाले महासमितिमा पेस गर्ने प्रस्तावमा ०७९ को चुनावमा गठबन्धन गर्नु हाम्रो बाध्यता थियो, तर नेपाली कांग्रेस दृढ संकल्प गर्छ कि हामी आगामी चुनावहरू हाम्रो आफ्नै तागतमा एक्लै लड्ने छौं, र हाम्रा समर्थक शुभेच्छुकलाई रूख चिह्नमा मात्रै मत हाल्न पाउने सुनिश्चित गर्नेछौं भन्ने लेखिएपछि सभापति देउवा असन्तुष्ट थिए। 

बैठकमा सहभागी एक पदाधिकारीका अनुसार केही नेताहरूले कांग्रेस आजै यति कमजोर छ भनेर सोधेपछि सभापति देउवा बोलेका थिए। उनले ल ठीक छ, प्रस्तावको कुरा मानेँ, छपाइ गर्न पठाए हुन्छ भनेका थिए। 

प्रकाशित मिति: ०७:३० बजे, मंगलबार, फागुन ८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्