Kathmandu Press

ललितपुर महानगरले प्रत्येक परिवारलाई पाँच वटा मास्क दिने

ललितपुर, चैत ४ : कोरोना भाइरसको विश्वव्यापी महामारी फैलिएपछि यसको असर नेपालमा पनि परेको छ। सर्वसाधारणलाई कोरोना भाइरसको संक्रमणबाट जोगाउन ललितपुर महान....

ललितपुर महानगरले प्रत्येक परिवारलाई पाँच वटा मास्क दिने
काठमाडाैं प्रेस

ललितपुर, चैत ४ : कोरोना भाइरसको विश्वव्यापी महामारी फैलिएपछि यसको असर नेपालमा पनि परेको छ। सर्वसाधारणलाई कोरोना भाइरसको संक्रमणबाट जोगाउन ललितपुर महानगरपालिकाले पूर्वतयारी सुरू गरेको छ।

मास्क र स्यानिटाइजर बनाउन सुरू गरेको महानगरले स्थानीयबासिन्दालाई मास्क वितरण गर्ने भएको छ। ललितपुर महानगरका प्रत्येक परिवारलाई पाँच वटा मास्क वितरण गर्न लागेको हो।

ललितपुर महानगरले उत्पादन गरेका मास्क।

महानगरको सामाजिक विकास समितिका संयोजक दिनेश कार्कीका अनुसार कोरोना भाइरसको संक्रमणलाई नियन्त्रण गर्न प्रत्यक परिवारलाई मास्क प्रदान गरिनेछ। महानगरले नै उत्पादन गरेका मास्क स्थानीय वासिन्दालाई वितरण गरिनेछन्।

कोरोना भाइरसको प्रभावका कारण नेपाली बजारमा माक्सको अभाव हुन थालेपछि ललितपुरले स्थानिय स्रोत र साधनको प्रयोग गर्दै माक्स बनाउन थालेको छ। महानगरका २९ वटै वडामा ५८ जना महिलालाई माक्स बनाउने तालिम दिएको छ।

उनीहरूले मास्क उत्पादन गर्न सुरू गरिसकेको महानगरले जनाएको छ। ‘यो समस्यालाई हामीले अवसरका रुपमा लिएका छौं,’ कार्कीले भने। तत्कालका लागि मात्र नभई भविष्यमा समेत मास्स बनाउने तालिम उनीहरुका लागि उपयुक्त हुने उनको भनाइ छ। यसलाई व्यवसायकै रुपमा लग्न महानगरले सहयोग गर्ने उनले बताए।

ललितपुर महानगरले उत्पादन गरेकाे ह्यान्ड स्यानिटाइजर।

त्यस्तै, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)को समन्वयमा ह्यान्ड स्यानिटाइजर पनि बनाउन थालिएको छ। यसका लागि स्थानीय वेरोजगार युवालार्य तालिम दिन लागिएको छ।

त्यस्तै, सार्वजनिक स्थलमा स्वास्थ्य जाँच गर्न थर्मल गन ल्याउन लागेको छ। एक सय वटा थर्मल गन लिएर विभिन्न ठाउँमा सर्वसाधारणको स्वास्थ्य तापक्रम जाँच गरिने महानगरले जनाएको छ।

 

प्रकाशित मिति: ११:११ बजे, मंगलबार, चैत ४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्