Kathmandu Press

‘प्रजातन्त्रको रक्षा गर्न हामी सबै लाग्नुपर्छ’

मुख्यमन्त्री कार्कीले संघीय लोकतान्त्रिक गणतन्त्रको जग २००७ सालको क्रान्तिबाट निर्माण भएको चर्चा गर्दै शासन व्यवस्थाले सहिदको मार्गदर्शन, जनताको आवश्यकता र आकांक्षालाई मूर्त रुप दिनुपर्नेमा जोड दिए।
‘प्रजातन्त्रको रक्षा गर्न हामी सबै लाग्नुपर्छ’
फाइल तस्बिर।

मोरङ, फागुन ७ : कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले जनताको ठूलो बलिदानबाट आएको प्रजातन्त्रको रक्षा गर्न हामी सबै लाग्नुपर्ने बताएका छन्।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परिसरमा आयोजित ७४औं राष्ट्रिय प्रजातन्त्र दिवस समारोहमा उनले प्रजातन्त्र प्राप्तिका कारण जनताले आफ्नो हकअधिकार र स्वतन्त्रता प्राप्त गरेको उल्लेख गरे।

Hardik ivf

मुख्यमन्त्री कार्कीले संघीय लोकतान्त्रिक गणतन्त्रको जग २००७ सालको क्रान्तिबाट निर्माण भएको चर्चा गर्दै शासन व्यवस्थाले सहिदको मार्गदर्शन, जनताको आवश्यकता र आकांक्षालाई मूर्त रुप दिनुपर्नेमा जोड दिए।

उनले सङ्घीय गणतन्त्र विश्वको उत्कृष्ट व्यवस्था भएको चर्चा गर्दै यसको सफल कार्यान्वयन गर्न जनताप्रति उत्तरदायी हुनु जरुरी रहेको विचार व्यक्त गरे।

प्रदेश सरकार जनताको हो भन्ने अनुभूति गराउन गरिब छात्रछात्राका लागि निःशुल्क छात्रवृत्तिको कार्यक्रम सुरु गरेको उनले जनाए।

 

प्रकाशित मिति: १९:२४ बजे, सोमबार, फागुन ७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्