एनआरटीलाई हराउँदै मछिन्द्र बागमती गोल्डकपको फाइनलमा
बागमती–८ स्थित जनता माविको खेल मैदानमा सोमबार भएको खेलमा न्युरोड टिम (एनआरटी) लाई ५–१ को फराकिलो अन्तरले हराउँदै मछिन्द्र उपाधि नजिक पुगेको हो।मकवानपुर, फागुन ७ : मछिन्द्र क्बल छैटौं संस्करणको बागमती गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। बागमती–८ स्थित जनता माविको खेल मैदानमा सोमबार भएको खेलमा न्युरोड टिम (एनआरटी) लाई ५–१ को फराकिलो अन्तरले हराउँदै मछिन्द्र उपाधि नजिक पुगेको हो।
मछिन्द्रलाई सानदार जित दिलाउने क्रममा हिसुब थपलिया र स्टेफेन समीरले समान २ गोल गर्दा विमल घर्तिमगरले पनि गोल गरे। एनआरटीका सेबेले गाेल गरेका थिए।
नवौं मिनटमा हिसुबका गोलमा मछिन्द्रले खेलमा सुरुआती अग्रता लियो। १३औं मिनेटमा स्टेफन समीरले टिमको अग्रता दोब्बर बनाए।
पहिलो हाफमा २–०को अग्रता लिएको मछिन्द्रले दोस्रो हाफको सुरुआतमै गोल थप्यो। ४६औँ मिनेटमा समीरले गोल गरेका थिए। ५९औं मिनेटमा हिसुबले टिमका लागि चौथो गोल गरे।
६०औं मिनेटमा सेवेले एनआरटीका गोल गरे । तर, इन्जुरी समयको पहिलो मिनेटमा विमलले गोल गरेपछि मछिन्द्रले ५–१को सहज जित निकाल्यो।
अब फाइनलमा मछिन्द्रले त्रिभुवन आर्मी र एपीएफबीचको विजेतासँग खेल्ने छ। फाइलन बिहीबार हुनेछ।
प्रतियोगिताको विजेताले १० लाख र उपविजेता ५ लाख रुपैयाँ प्राप्त गर्नेछन्।