‘संक्रमणकालीन न्यायका लागि सरकार गम्भीर हुनुपर्छ’
पूर्वराष्ट्रपति भण्डारीले छोराको हत्यामा संलग्नमाथि कारवाही माग गर्दै अनसन बसेकै अवस्थामा मृत्यु भएका नन्दप्रसाद अधिकारीको शवको दाहसंस्कार आजसम्म नभएको विषयले देशको संक्रमणकालीन न्यायको अवस्था उजागर गरिरहेको बताइन्।
काठमाडौं, फागुन ७ : पूर्वराष्ट्रपति विद्या भण्डारीले नेपाललाई हिंसाको दुष्चक्रमा होम्नेहरू आज सरकारको नेतृत्वमा रहेको भन्दै यस्तो अवस्थामा देश र निर्दोष पीडितले कसरी न्याय पाउन सक्छन् भन्दै प्रश्न गरेकी छन्
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को वर्ष पुस्तक सार्वजनिक कार्यक्रममा सोमबार बोल्दै उनले शान्ति प्रक्रियाका बाँकी कामहरु यथाशीघ्र सम्पन्न गर्ने तर्फ सरकारको ध्यान जानुपर्नेमा पीडितले न्याय सजिलै पाउनेमा शंका गर्नुपर्ने परिस्थिति रहेको बताइन्।
‘शान्ति प्रक्रियाका बाँकी कामहरु यथाशीघ्र सम्पन्न गर्ने तर्फ सरकारको ध्यान जानुपर्छ पीडितलाई केन्द्रविन्दुमा राखेर,’ उनले भनिन्, ‘तर, बिडम्बनाको कुरा के छ भने हिजो देशलाई हिंसाको दुष्चक्रमा होम्ने सत्तापक्ष र विद्रोही पक्ष भएर नेतृत्व गर्नेहरू नै आज सरकारको नेतृत्वमा गरिरहेको अवस्थामा देश र निर्दोष पीडितले कसरी न्याय पाउन सक्छन् भन्ने गम्भीर प्रश्न हाम्रो अगाडि छ।’
उनले छोराको हत्यामा संलग्नमाथि कारवाही माग गर्दै अनसन बसेकै अवस्थामा मृत्यु भएका नन्दप्रसाद अधिकारीको शवको अझैसम्म दाहसंस्कार नहुनु मुलुकको संक्रमणकालीन न्यायको अवस्थामाथि कटाक्ष रहेको टिप्पणी गरिन्। संवेदनशील विषयलाई कसैले पनि स्वार्थ साँध्ने माध्यम बनाउन नहुने उनको भनाइ छ।
पूर्वराष्ट्रपति भण्डारीले छोराको हत्यामा संलग्नमाथि कारवाही माग गर्दै अनसन बसेकै अवस्थामा मृत्यु भएका नन्दप्रसाद अधिकारीको शवको दाहसंस्कार आजसम्म नभएको विषयले देशको संक्रमणकालीन न्यायको अवस्था उजागर गरिरहेको बताइन्। यस्तो संवेदनशील विषयलाई कसलै पनि आफ्नो स्वार्थ साँध्ने माध्यम बनाउन नहुने उनको तर्क थियो।











![यातायात कार्यालयमा सेवाग्राहीको भिड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_e5165121-1783068187.jpg)
