आगामी दिनमा तीनै तहमा कांग्रेसले बहुमत ल्याउने गरी लाग्न देउवाकाे आह्वान
सोमबारबाट ललितपुरको गोदावरीमा सुरु भएको कांग्रेस महासमिति बैठकलाई सम्बोधन गर्दै देउवाले पार्टीका नीतिगत विषयमा छलफल गर्ने उद्देश्यले महाधिवेशनको निर्णयअनुसार महासमिति बैठक बोलाइएको बताए।
काठमाडाैं, फागुन ७ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी दिनमा तीनै तहमा नेपाली कांग्रेसले बहुमत ल्याउन सक्ने गरी पार्टी संगठनलाई सुदृढ बनाउने काममा लाग्न नेताकार्यकर्तालाइ आह्वान गरेका छन्।
सोमबारबाट ललितपुरको गोदावरीमा सुरु भएको कांग्रेस महासमिति बैठकलाई सम्बोधन गर्दै देउवाले पार्टीका नीतिगत विषयमा छलफल गर्ने उद्देश्यले महाधिवेशनको निर्णयअनुसार महासमिति बैठक बोलाइएको बताए।
कांग्रेसका सैद्धान्तिक मान्यता, नीति कार्यक्रम र व्यवहार सबै लोकतान्त्रिक मान्यताबाट निर्देशित हुने उनले बताए। सभापति देउवाले देशको सर्वाभौमिकता, अखण्डता, लोकतन्त्र, विकास, परराष्ट्र नीति र शान्ति प्रकृयाका बाँकी काम संक्रमणकालीन न्याय जस्ता विषयमा समान धारणा हुनु आवश्यक रहेको जिकिर गरे। यसका निम्ति पार्टी भित्र वा सबै पार्टीबीचमा संवाद, सहमति र सहकार्यको संस्कारलाई प्रोत्साहित गर्नुपर्ने उनको भनाइ छ।
महासमितिको बैठकले कांग्रेसलाई थप सवल सुदृढ र एकताबद्ध बनाएर लैजान सफल हुने उनले विश्वास व्यक्त गरे।
बैठकमा वर्तमान केन्द्रीय समितिका पदाधिकारी तथा केन्द्रीय सदस्यहरु एक सय ६५, प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व हुने महासमिति सदस्यहरु एक हजार सात सय ८०, नेपाली जनसम्पर्क समितिबाट ८९, भ्रातृ तथा शुभेच्छुक संस्थाबाट ६९ र महासमितिका सदस्य नरहेका प्रदेश कार्यसमितिका सभापति, जिल्ला कार्यसमितिका सभापति र भ्रातृसंघ तथा शुभेच्छुक संस्थाका केन्द्रीय अध्यक्षहरू सहभागी छन् । बैठक फागुन १० गते सम्पन्न हुने कांग्रेसले जनाएको छ।











![यातायात कार्यालयमा सेवाग्राहीको भिड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_e5165121-1783068187.jpg)
