Kathmandu Press

देउवाले डाके पदाधिकारी र पूर्वपदाधिकारी बैठक

बैठक केही समयपछि देउवा निवास बुढानीलकण्ठमा शुरु हुनेछ।
देउवाले डाके पदाधिकारी र पूर्वपदाधिकारी बैठक

काठमाडौं, फागुन ७ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक बोलाएका छन्।

बैठक केही समयपछि देउवा निवास बुढानीलकण्ठमा शुरु हुनेछ। महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्माले तयार पारेका राजनीतिक प्रस्तावमाथि सर्वसहमति जुटाउन बैठक डाकिएको हो।

Hardik ivf

मंगलबार बिहान ९ बजे बस्ने महासमिति बैठकमा प्रस्तावहरू पेस गर्ने तय भएको छ। सहमतिको उपाय खोज्न देउवाले पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएको जनाइएको छ।

उक्त बैठकमा विवादित महासमिति सदस्यका बारेमा पनि छलफल हुने देउवा निकट स्रोतले बताएको छ।
 

प्रकाशित मिति: १७:०० बजे, सोमबार, फागुन ७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्