Kathmandu Press

गठबन्धन गर्ने कि नगर्ने भन्ने विषय तत्कालीन परिस्थितिमा निर्भर : देउवा 

आगामी चुनावमा गठबन्धन नगर्ने संकल्प गर्नुपर्ने कांग्रेस महामन्त्री गगन थापाको प्रस्तावप्रति लक्षित गर्दै देउवाले उक्त भनाइ राखेका हुन्।
गठबन्धन गर्ने कि नगर्ने भन्ने विषय तत्कालीन परिस्थितिमा निर्भर : देउवा 

काठमाडौं, फागुन ७ : ललितपुरको गोदाबरीमा सुरु भएको महासमिति बैठकलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चुनावमा गठबन्धन गर्ने कि नगर्ने विषय तत्कालीन परिस्थितिमा निर्भर रहने बताएका छन्।

आगामी चुनावमा गठबन्धन नगर्ने संकल्प गर्नुपर्ने कांग्रेस महामन्त्री गगन थापाको प्रस्तावप्रति लक्षित गर्दै देउवाले उक्त भनाई राखेका हुन्। सभापति देउवाले तत्कालीन परिस्थितिमा निर्भर हुने भएकाले गठबन्धनको औचित्य, सान्दर्भिकता लगायतको ठोस मूल्यांकनमा त्यसैबेला निर्णय लिनसकिने बताए। देउवाले अहिलेको गठबन्धन पनि संविधान रक्षाका लागि कांग्रेसकै पहलमा बनेको बताए। 

Hardik ivf

‘प्रतिनिधिसभा विघटन गर्ने, अस्थिरता ल्याउने, गणतन्त्र कमजोर बनाउने गतिविधि भएपछि कांग्रेसले गठबन्धनका लागि पहल लिएको हो,’ देउवाले भने, ‘निर्वाचनपूर्वको गठबन्धन र वर्तमान सरकार त्यसैको निरन्तरता हो। आज पनि हामीले संविधानको रक्षालाई प्राथमिक एजेण्डाका रुपमा लिएका छौं।’

मिश्रित निर्वाचन प्रणालीका कारण एउटै पार्टीले मात्र बहुमत ल्याउने अवस्था कम रहेको प्रसङ्ग समेत देउवाले उल्लेख गरे। वर्तमान गठबन्धन संविधान रक्षाको उद्देश्यले गठन भएकाले यसको निरन्तरता कांग्रेसको राजनीतिक जिम्मेवारी हुन गएको देउवाको भनाइ थियो। 

प्रकाशित मिति: १६:५० बजे, सोमबार, फागुन ७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्