Kathmandu Press

पार्टीमा न्याय नपाएको गुनासो सम्बोधन हुनुपर्छ : उपाध्याय

पार्टीको सोमबारबाट सुरु महासमिति बैठकमा स्वागत मन्तव्य राख्दै उनले संविधान कार्यान्वयनको जिम्मेवारी र अभिभारा कांग्रेसको भएको बताइन्।
पार्टीमा न्याय नपाएको गुनासो सम्बोधन हुनुपर्छ : उपाध्याय

ललितपुुर, फागुन ७ : नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले पार्टीले जनताका बीचमा गएर काम गर्ने नीति बनाउनुपर्नेमा जोड दिएकी छन्।

पार्टीको सोमबारबाट सुरु महासमिति बैठकमा स्वागत मन्तव्य राख्दै उनले संविधान कार्यान्वयनको जिम्मेवारी र अभिभारा कांग्रेसको भएको बताइन्।

Hardik ivf

उनले कांग्रेसले बनाउने उत्कृष्ट नीतिले मुलुकको परिवर्तन र जनताको विकास गर्छ भन्ने अठोट नीति महाधिवेशनको हुनुपर्ने धारणा राखिन्। 

उनले मुलुकलाई अब कता लाने भन्ने अभिभारा नीति अधिवेशनको भएको जिकिर गरिन्। ‘जनताको विश्वास कांग्रेसमा छ। जनतले भनेका छन् संविधानमा दिएका अधिकार कांग्रेसले कार्यान्वयन गराउन। स्थानीय तहमा हाम्रो पार्टी ठुलो छ, प्रदेशमा ठुलो छ,’ उनले भनिन्, ‘त्यसैले जनताले भनेका छन् कांग्रेसले मुलुकको अगुवाइ गर्नुपर्छ। जनताको जीवन पद्धतिको विकासलाई नेपाली कांग्रेसले हेर्नुपर्छ।’

पार्टीमा न्याय नपाएको आवाज बढेको भन्दै उनले न्याय पाउने र न्याय दिने वातावरण बनाउन महासमिति बैठकले नीति अवलम्बन गर्न सफल हुने विश्वास व्यक्त गरिन्। 
 

प्रकाशित मिति: १६:४४ बजे, सोमबार, फागुन ७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्