हामी एक भए ८४ मा पहिलो पार्टी हुन्छौं तर एकताको सन्देश दिन सक्नुपर्छ : सभापति श्रेष्ठ
‘नीति अधिवशेनले कांग्रेस एकताको रुपमा अघि बढेको छ भन्ने सन्देश दिनुपर्छ। हामीमाथि जनताले प्रश्न उठाएकाले त्यस्तो अवस्था अन्त्य गर्नुपर्छ।’
ललितपुर, फागुन ७ : नेपाली कांग्रेस ललितपुर जिल्ला सभापति जितेन्द्र कुमार श्रेष्ठले पार्टीले एकताको सन्देश दिन नसक्दा जनताले औंला ठडाउने मौका पाएको बताएका छन्।
ललितपुरको गोदवरीमा सोमबार सुरु पार्टी महासमिति बैठकमा स्वागत मन्तव्य राख्दै उनले भने, ‘नीति अधिवशेनले कांग्रेस एकताको रुपमा अघि बढेको छ भन्ने सन्देश दिनुपर्छ। हामीमाथि जनताले प्रश्न उठाएकाले त्यस्तो अवस्था अन्त्य गर्नुपर्छ।’
उनले अन्य दलले मिसन ८४ भनेर बजारमा हल्ला गरिरहँदा कांग्रेसले एकताको सन्देश दिन सके आउँदो निर्वाचनमा पनि पहिलो दल बन्ने दाबी गरे। ‘हामी एक भए ८४ मा पहिलो पार्टी हुन्छौं तर यो मञ्चबाट एकताको सन्देश भने दिन सक्नुपर्छ।’
उनले ललितपुरले एकताको सन्देश दिँदा गएको स्थानीय चुनावमा ५६ प्रतिशत मत ल्याएको बताउँदै पार्टीले ८४ को निर्वाचनमा ७५ प्रतिशतमाथि मत ल्याउने दाबी गरे।
प्रकाशित मिति: १६:३६ बजे, सोमबार, फागुन ७, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











![यातायात कार्यालयमा सेवाग्राहीको भिड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_e5165121-1783068187.jpg)
