Kathmandu Press

कांग्रेस महासमिति बैठककाे बन्दसत्र भोलि, चार प्रस्ताव पेस हुने

कांग्रेस महासमिति बैठककाे बन्दसत्र भोलि, चार प्रस्ताव पेस हुने
Hardik ivf

काठमाडौं, फागुन ७ : नेपाली कांग्रेसको महासमिति बैठकमा मंगलबार विभिन्न प्रतिवेदनहरु पेश गरिने भएको छ।

मंगलबार बिहान ९ बजेदेखि सुरु हुने बन्द सत्रमा चारवटा प्रस्ताव पेश हुने जानकारी पार्टी मुख्य सचिव पौडेलले जानकारी गराए।

कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले सांगठनिक, अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसायिक र अर्थमन्त्री समेत रहेका डा.प्रकाशशरण महतले अर्थतन्त्रको वर्तमान अवस्था र चुनौती बारे प्रतिवेदन पेश गर्दै छन्।

प्रकाशित मिति: १६:११ बजे, सोमबार, फागुन ७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्