संविधान संशोधनमा छलफल सुरु हुनुपर्छ : सभापति देउवा
संविधान जारी भएको ८ वर्ष भइसकेको अवस्थामा कार्यान्वयनका क्रममा देखारेका समस्या, जटिलता वा अस्पष्टताबारे पहिचान भएको सभापति देउवाले बताए।-1708338135.jpeg)
काठमाडौं, फागुन ७ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शासकीय स्वरुपमा मूलभूत विषयलाई प्रभाव नपार्ने गरी संविधान संशोधनबारे छलफल सुरु गर्नुपर्ने बताएका छन्।
ललितपुरको गोदाबरीमा सोमबार सुरु भएको महासमिति बैठकलाई सम्बोधन गर्दै देउवाले यस्तो भनाई राखेका हुन्। संविधान जारी भएको ८ वर्ष भइसकेको अवस्थामा कार्यान्वयनका क्रममा देखारेका समस्या, जटिलता वा अस्पष्टताबारे पहिचान भएको सभापति देउवाले बताए।
‘संविधान गतिशील दस्तावेज र यसको दीर्घजीवनका लागि जनताको स्वीकार्यता र स्वामित्व स्थापित गर्न आवश्यक छ,’ बैठकलाई सम्बोधन गर्दै देउवाले भने, ‘संविधानले व्यवस्था गरेको शासकीय स्वरुपको मुलभूत विषयमा प्रतिकुल प्रभाव नहुने गरी संविधान संशोधनमा छलफल गर्नु पर्दछ।’
यसैगरी उनले शान्ति प्रक्रियाका बाँकी कामहरू टुंगोमा पुर्याउन दलहरूका बीचमा समान धारणा हुनुपर्नेमा जाेड दिए। ‘शान्ति प्रक्रियाका बाँकी संक्रमणकालीन न्यायजस्ता विषयमा समान धारणा हुनुपर्छ। पार्टी वा सबै पार्टीबीचमा निरन्तर संवाद र सहमतिको अभ्यास हुनुपर्छ,’ देउवाले भने।











![यातायात कार्यालयमा सेवाग्राहीको भिड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_e5165121-1783068187.jpg)
