महासमिति बैठकले जनतामैत्री नीति र विधि बनाउनुपर्छ : उपसभापति गुरुङ
ललितपुरको गोदावरीमा शुरु भएको महासमिति बैठकको उदघाटन समारोहमा बोल्दै उनले प्रजातान्त्रिक समाजवादले रुखको फेद बसेर मलजल गर्ने र टुप्पोमा बसेर फल खानेहरुविचको खाडलको अन्त्य गर्नुपर्ने औंल्याए।
काठमाडौं, फागुन ७ : नेपाली कांग्रेसमा उपसभापति धनराज गुरुङले महासमिति पार्टीको सर्वाेच्च निकाय भएकाले जनतामैत्री नीति र विधि बनाउनुपर्ने बताएका छन्। प्रजातान्त्रिक समाजवादको व्याख्या र परिभाषा सबै तहका जनताको पक्षमा हुनुपर्ने बताए।
ललितपुरको गोदावरीमा शुरु भएको महासमिति बैठकको उदघाटन समारोहमा बोल्दै उनले प्रजातान्त्रिक समाजवादले रुखको फेद बसेर मलजल गर्ने र टुप्पोमा बसेर फल खानेहरुबीचको खाडलको अन्त्य गर्नुपर्ने औंल्याए। उनले क्रोनिक क्यापिटलिज्मले गर्दा नेता व्यापारिक जस्ता देखिएकाले क्रोनिक क्यापिटिलीजम्म विरुद्ध उत्रिनुपर्ने बताए।
महासमिति बैठक नीति महाधिवेशन पनि भएकाले संगठनका विषयहरुमा घनीभूत छलफल गर्नुपर्ने बताउँदै उनले चुस्त संरचना बनाउन जोड दिए। ‘हामी जनतामा मालिक होइनौं। सेवक हौं भन्ने विषयमा एकमत हुनुपर्छ,’ उनले भने।
उपसभापति गुरुङले आगामी महाधिवेशनको मिति तयको बहस महासमिति बैठकमै उठ्नुपर्ने बताउँदै कांग्रेसबाट विजयी भएका वडाध्यक्षदेखि मन्त्रीहरु सबैको सम्पत्ती छानविन गर्नुपर्ने माग गरे।











![यातायात कार्यालयमा सेवाग्राहीको भिड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_e5165121-1783068187.jpg)
