Kathmandu Press

त्रिवि उपकुलपतिमा सरकारले असफल व्यक्तिलाई नियुक्त गर्न खोजेको छ : ओली

सोमबार काठमाडौं राष्ट्रसेवक सहकारी संस्था लिमिटेडको भेलालाई सम्बोधन गर्दै ओलीले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा सरकारले एकलौटी गरेको र असफल व्यक्तिलाई नियुक्त गर्न खोजेको बताएका हुन्।
त्रिवि उपकुलपतिमा सरकारले असफल व्यक्तिलाई नियुक्त गर्न खोजेको छ : ओली

काठमाडाैं, फागुन ७ : नेकपा एमालेका अध्यक्ष केपी ओलीले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा सरकारले असफल व्यक्तिलाई नियुक्त गर्न खोजेको बताएका छन्।

सोमबार काठमाडौं राष्ट्रसेवक सहकारी संस्था लिमिटेडको भेलालाई सम्बोधन गर्दै ओलीले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा सरकारले एकलौटी गरेको र असफल व्यक्तिलाई नियुक्त गर्न खोजेको बताएका हुन्।

Hardik ivf

उनले वर्तमान सरकारले प्रजातान्त्रीक मूल्यमान्यतामाथि निरन्तर प्रहार गरेको बताए। प्रजातान्त्रिक मूल्यमान्यतालाई स्थापित गर्न खोज्दा एमाले सरकारलाई सहयोग नभएको उनले बताए। ओलीले मुलुकमा केही थिति बसाले पनि गठबन्धनले त्यसलाई भत्काउन खोजेको बताए।

त्यस्तै उनले गैरसहकारी व्यक्तिहरु सहकारीमा प्रवेश गरेकाले यस क्षेत्रमा समस्या सिर्जना भएको बताए। नाफा कमाउने शोषणकारी ठगी धन्दाका रूपमा सहकारीलाई प्रयोग गर्न खोजेका कारण सहकारी क्षेत्र बदनाम भएको उनकाे भनाइ थियाे।  

प्रकाशित मिति: १५:५१ बजे, सोमबार, फागुन ७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्