Kathmandu Press

मुलुकको परिवर्तनलाई पुरानै अवस्थामा फर्काउने शक्तिविरुद्धको लडाइँ जारी : प्रचण्ड

राष्ट्रिय स्वाधीनताको सुदृढीकरण गर्दै सामाजिक न्याय र समृद्धिको बाटोबाट २१ औं शतावदीको समावबादको आधारको बाटो खोज्नुपर्ने उनले बताए।
मुलुकको परिवर्तनलाई पुरानै अवस्थामा फर्काउने शक्तिविरुद्धको लडाइँ जारी : प्रचण्ड

काठमाडाैं, फागुन ७ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकको परिवर्तनलाई पुरानै अवस्थामा फर्काउने शक्तिविरुद्धको लडाइँ जारी रहेको बताएका छन्।

सोमबार काठमाडौंमा समाजवादी शैक्षिक मञ्चले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले मुलुकमा एउटा शक्ति समाजवादीको निम्ति वातावरण बनाउन लडिरहेको अवस्थामा अर्को शक्ति परिवर्तनलाई पुरानै अवस्थामा फर्काउन लागिपरको भन्दै उनीहरुबिरुद्धको लडाई जारी रहेको बताएका हुन्।

Hardik ivf

राष्ट्रिय स्वाधीनताको सुदृढीकरण गर्दै सामाजिक न्याय र समृद्धिको बाटोबाट २१ औं शतावदीको समावबादको आधारको बाटो खोज्नुपर्ने उनले बताए। उनले समाजवाद स्थापना गर्न समाजवादी मोर्चामार्फत सडकबाट पनि पहल गर्ने निर्णय गरिएको धारणा राखे।

प्रधानमन्त्री प्रचण्डले संसदमा विचाराधीन शिक्षा सम्बन्धी विधेयकबारे गठबन्धन दल र प्रतिपक्षीसँग समेत छलफल गरिएको जानकारी गराउँदै संसदमा दर्ता भएका संशोधन प्रस्तावहरूका आधारमा विधेयक संशोधन हुने बताए। विद्यालय कर्मचारी र बालशिक्षाका शिक्षकहरूको मुद्दा र विगतमा गरिएका सहमति कार्यान्वयनको विषयलाई आफूले गम्भीरतापूर्वक लिएको उहाले बताए।

त्यस्तै उनले बौद्धिक जनशक्तिको पलायनलाई रोक्न देशभित्रै सम्भव छ भन्ने सकारात्मक भाष्यको निर्माण गर्न जरुरी रहेको उल्लेख गरे। 

प्रकाशित मिति: १५:३३ बजे, सोमबार, फागुन ७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्