Kathmandu Press

सूर्यदर्शन सहकारी ठगी अनुसन्धान गर्न सिआइबी टोली पोखरातर्फ 

सहकारी ठगीमा पक्राउ परेका व्यक्तिहरूको बयान लिएपछि प्रहरी टोली पोखरातर्फ लागेको हो। पोखरा पुगेर शंकास्पद व्यक्ति र स्थानको गहिरो अनुसन्धान गर्ने जनाइएको छ।
सूर्यदर्शन सहकारी ठगी अनुसन्धान गर्न सिआइबी टोली पोखरातर्फ 

काठमाडौं, फागुन ७ : सूर्यदर्शन सहकारी ठगीको अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोली पोखरा पुगेको छ। 

सहकारी ठगीमा पक्राउ परेका व्यक्तिहरूको बयान लिएपछि प्रहरी टोली पोखरातर्फ लागेको हो। पोखरा पुगेर शंकास्पद व्यक्ति र स्थानको गहिरो अनुसन्धान गर्ने जनाइएको छ।

Hardik ivf

गत माघ २४ गते ग्यालेक्सी टेलिभिजनका पूर्व साझेदार छविलाल जोशीको घरमा छापा मार्दा महत्वपूर्ण तथ्यहरु फेला पारेको प्रहरीले जनाएको छ। पूर्व डिआइजी हुन्।

सहकारी ठगी प्रकरणमा प्रहरीले यसअघि इन्टरपोलमार्फत जिबी राई, थानबहादुर बुढामगर र पूर्वअध्यक्ष भूपेन्द्र राईविरूद्ध डिफ्युजन नोटिस जारी गरिसकेको छ। जिबीविरूद्ध रेड नोटिस जारी गर्ने तयारी प्रहरीको छ। 
 
प्रकाशित मिति: १५:११ बजे, सोमबार, फागुन ७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्