Kathmandu Press

गाेदावरीमा सुरु भयाे कांग्रेसको महासमिति बैठक

बैठक यही फागुन १० गतेसम्म चल्नेछ।बैठकमा दुई हजार बढी प्रतिनिधि सहभागी छन्।
गाेदावरीमा सुरु भयाे कांग्रेसको महासमिति बैठक

काठमाडौं, फागुन ७ :  नेपाली कांग्रेसको महासमिति बैठक ललितपुरको गोदावरीस्थित सम्मेलन केन्द्रमा सुरु भएको छ। सभापति शेरबहादुर देउवाले आज महासमिति बैठक उद्घाटन गरेका छन्। बैठक यही फागुन १० गतेसम्म चल्नेछ।

बैठकमा उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव, महामन्त्री गगनकुमार थापाले सांगठनिक प्रस्ताव र अर्का महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक प्रस्ताव पेस गर्नेछन्। त्यसैगरी प्रवक्ता प्रकाशशरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशासम्बन्धी प्रतिवेदन र लेखा समिति संयोजक श्यामकुमार घिमिरेले लेखा परीक्षण प्रतिवेदन पेस गर्नेछन्।

Hardik ivf

नीति अधिवेशनका रुपमा रहेको महासमिति बैठकमा प्रस्तुत हुने प्रतिवेदनमाथि समूहगत छलफल हुनेछ। तराई, पहाड, मधेस, हिमालबाट प्रतिनिधित्व हुने गरी समूह बनाएर छलफल गरिने बताइएकाे छ।

बैठकमा दुई हजार बढी प्रतिनिधि सहभागी छन्। बैठकमा वर्तमान केन्द्रीय समितिका पदाधिकारी तथा केन्द्रीय सदस्यहरु एक सय ६५, प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व हुने महासमिति सदस्यहरु एक हजार सात सय ८०, नेपाली जनसम्पर्क समितिबाट ८९, भ्रातृ तथा शुभेच्छुक संस्थाबाट ६९ र महासमितिका सदस्य नरहेका प्रदेश कार्यसमितिका सभापति, जिल्ला कार्यसमितिका सभापति र भ्रातृसङ्घ तथा शुभेच्छुक संस्थाका केन्द्रीय अध्यक्षहरू सहभागी छन्।

प्रकाशित मिति: १५:०३ बजे, सोमबार, फागुन ७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्