प्रहरीमा जागिर लगाइदिने प्रलोभन देखाएर बलात्कार गरेको आरोपमा पक्राउ
जाजरकोट घर भएकी एक युवतीलाई प्रहरीमा जागिर लगाइदिने भन्दै बलात्कार गरेको उजुरी परेपछि प्रहरीले दैलेखका २९ वर्षीय लोकेन्द्रकुमार तिरुवालाई पक्राउ गरेको हो।
काठमाडौं, फागुन ७ : प्रहरीमा जागिर लगाइदिने प्रलोभन देखाएर बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
जाजरकोट घर भएकी एक युवतीलाई प्रहरीमा जागिर लगाइदिने भन्दै बलात्कार गरेको उजुरी परेपछि प्रहरीले दैलेखका २९ वर्षीय लोकेन्द्रकुमार तिरुवालाई पक्राउ गरेको हो। तिरुवाविरुद्ध प्रहरी वृत्त जनसेवामा जाहेरी दर्ता भएको थियो।
जाहेरीमा उल्लेख भएअनुसार पीडितसँग तिरुवाको एक महिनाअघि मात्र फेसबुकमार्फत चिनजान भएको थियो। युवतीले प्रहरीमा जागिर खाने तयारी गरिरहेको तिरुवासँग बताएकी थिइन्। तिरुवाले बारम्बार फोन गरेर आफूले ठूलाठूला मान्छेसँग चिनजान रहेकाले प्रहरीमा जागिर लगाइदिने, त्यसका लागि बसेर कुरा गर्नुपने भनेर बारम्बार बोलाउने गरेको बताइएको छ।
तिरुवाको कुरामा विश्वास गरेर युवती माघ ७ गते दिउँसो साढे ३ बजेतिर भेट्न रत्नपार्क पुगेको साँझ पौने ६ बजेतिर उनले चिया खान होटलमा जाने भनेर प्रस्ताव राखेपछि सँगै गएको जाहेरीमा उल्लेख छ। विभिन्न बहाना बनाएर सुन्धारास्थित सिक्लेस गेष्ट हाउसमा लगेर तिरुवाले जबरजस्ती करणी गरेको युवतीले जाहेरीमा बताएकी छन्।
तिरुवाले भने जाहेरवालाले कोठाको चुकुल लगाएर प्रहरी बोलाएको दाबी गरेका छन्। पछि प्रहरी आएर ढोका खोली आफूलाई लिएर गएको उनको दाबी छ।
घटनाबारे अनुसन्धान सकेर प्रहरीले जबर्जस्ती करणीको कसूरमा तिरुवाविरुद्ध सजायको माग गर्दै रायसहितको प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको छ । त्यही प्रतिवेदनका आधारमा जिल्ला अदालत, काठमाडौंमा आइतबार मुद्दा दर्ता भएको छ।











![यातायात कार्यालयमा सेवाग्राहीको भिड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_e5165121-1783068187.jpg)
