Kathmandu Press

संघीय व्यवस्था भ्रष्टाचार र तस्करतन्त्रमा रुपान्तरण हुँदै गएको छ : कमल थापा

थापाले भुटानी शरणार्थी, ललिता निवास जग्गा जस्ता प्रकरणमा प्रमुख दलका नेताहरु नै संलग्न देखिएकाले आफ्ना मान्छेलाई जोगाउने काम भएको तर्क गरे।
संघीय व्यवस्था भ्रष्टाचार र तस्करतन्त्रमा रुपान्तरण हुँदै गएको छ : कमल थापा

काठमाडाैं, फागुन ७ : राप्रपा नेपालका अध्यक्ष कमल थापाले गणतन्त्रसहितको संघीय व्यवस्था भ्रष्टाचार र तस्करतन्त्रमा रुपान्तरण हुँदै गएको बताएका छन्।

त्रिभुवन जयन्ती, प्रजातन्त्र दिवस तथा राप्रपा नेपालको बार्षिकोत्सवका अवसरमार सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष थापाले धर्मनिरपेक्ष, गणतन्त्रसहितको संघीय व्यवस्था मुलुकमा असफल भइसकेको भन्दै परिवर्तित व्यवस्था भ्रष्टाचार र तस्करतन्त्रमा रुपान्तरण हुँदै गएको बताएका हुन्।

Hardik ivf

थापाले भुटानी शरणार्थी, ललिता निवास जग्गा जस्ता प्रकरणमा प्रमुख दलका नेताहरु नै संलग्न देखिएकाले आफ्ना मान्छेलाई जोगाउने काम भएको तर्क गरे।

वामपन्थी कम्युनिष्ट र समाजवादी बिचार संसारभर असफल प्रमाणित भइसकेको अवस्थामा बामबन्थी विचारको उग्र संस्करण माओवादी नेतृत्वमा नेपालको राजनीति अघि बढिरहेको उनले बताए।

त्यस्तै उनले फरक विचारसहित राजनीतिमा रहेका रास्वपा, राप्रपालगायतका दल पनि कांग्रेस र एमालेसंगै प्रचण्डको सरकारमा सहभागी भएको र भोलीको दिनमा पनि सहभागी हुने संस्कार देखिएको भन्दै थापाले यो नेपाली राजनीतिको बिकृत दृश्य भएको धारणा राखे।

उहाले मुलुकमा शान्ति र स्थायीत्व कायम गर्न वर्तमान व्यवस्था र प्रणाली परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको जिकिर गरे। 

प्रकाशित मिति: १४:३५ बजे, सोमबार, फागुन ७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्