एपिएफका गोपीचन्द्रले लन्डन म्याराथनमा सहभागिता जनाउने
नेपालगञ्ज म्याराथनले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेपालगञ्ज म्याराथनका विजेतालाई अन्तराष्ट्रिय स्तरको म्याराथनमा सहभागी गराउने योजना अनुसार पार्कीलाई लण्डन म्याराथनमा पठाउन लागिएको जनाएको हो।काठमाडाैं, फागुन ७ : नवौं नेपालगञ्ज म्याराथनका विजेता एपिएफ क्लबका गोपीचन्द्र पार्कीले लण्डन म्याराथनमा सहभागिता जनाउने भएका छन्।
नेपालगञ्ज म्याराथनले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेपालगञ्ज म्याराथनका विजेतालाई अन्तराष्ट्रिय स्तरको म्याराथनमा सहभागी गराउने योजना अनुसार पार्कीलाई लण्डन म्याराथनमा पठाउन लागिएको जनाएको हो।
नेपालगञ्ज म्याराथनका अध्यक्ष टीएस ठकुरीले नेपालका धावकलाई अन्तराष्ट्रिय खेलमा सहभागीता गराउन पहल गरिएको बताए।
नेपालगञ्ज म्याराथनको रनिङ पार्टनर नेपाल युकेको सहकार्य र सहयोगमा पार्कीको लण्डन म्याराथनमा सहभागीता पक्का भएको ठकुरीले जानकारी दिए। उनले नेपालगञ्ज म्याराथनको आगामी संस्करणलाई थप व्यवस्थीतका साथ अघि बढाउने बताए।
पत्रकार सम्मेलनमा धावक गोपीचन्द्र पार्कीले नेपालगञ्ज म्याराथनको रुट नेपालकै राम्रो रुट भएको र अव लण्डन म्याराथनमा राम्रो नजिता आउने गरि तयारी गर्ने बताए।
पार्कीले निर्धारित दुरी २ घण्टा २१ मिनेट ३८ सेकेन्डमा पार गर्दै नवौं संस्करणको नेपालगञ्ज म्याराथनको उपाधि जितेका थिए। लण्डन म्याराथन बैशाख ९ गते आयोजना हुने बताइएको छ।