कांग्रेस महामन्त्री थापाको प्रतिवेदनमा उद्घाटनपछि सर्वसम्मतिका लागि छलफल हुने
बैठक उद्घाटन सत्रपछि पुनः कांग्रेस सभापति शेरबहादुर देउवा र थापाविच सहमती जुटाउन छलफल हुने जनाइएको छ।
काठमाडौं, फागुन ७ : कांग्रेस महामन्त्री गगन थापाको प्रस्तावमा सर्वसहमतीको प्रयास जारी राख्दै महासमिति बैठक उद्घाटन हुने भएको छ। बैठक उद्घाटन सत्रपछि पुनः कांग्रेस सभापति शेरबहादुर देउवा र थापाविच सहमती जुटाउन छलफल हुने जनाइएको छ।
महामन्त्री थापाको प्रस्तावमा चुनावी गठबन्धन नगर्ने, काग्रेस कार्यकर्ता र शुभेच्छुकले रुख चिह्नबाहेक अन्यत्र भोट हाल्न नपर्नेलगायत बुँदा राखेर प्रश्ताव ल्याएका थिए। थापालाई सभापति देउवाले प्रश्तावका उक्त अंश संशोधन गर्न सुझाए पनि थापा तयार नभएपछि बैठक उद्घाटनपछि पुनः सर्वसहमतीको प्रयास गरिने भएको छ।
महामन्त्री शर्माको प्रस्तावमा रहेको कोशीमा मुख्यमन्त्री चयन गर्दाका राजनीतिक घटनाक्रमको सन्दर्भ पनि संशोधन गर्न सभापति देउवाले सुझाएका छन्।
सभापति देउवाले आइतबार बिहान पनि महामन्त्रीद्वय थापा र शर्मालाई बूढानिलकण्ठस्थित निवासमा बोलाएर सहमतीको प्रयास गरेका थिए। दिउँसो १ बजेदेखि ललितपुरको गोदावरीस्थित सनराइज हलमा महासमिति बैठक सुरू हुँदैछ। उक्त बैठकको उद्घाटन सभापति देउवाबाट हुँदैछ।











![यातायात कार्यालयमा सेवाग्राहीको भिड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_e5165121-1783068187.jpg)
