दुर्घटनामा एकजनाको मृत्यु ३ जना घाइते
ठक्करपछि घाइते भएका शिवसताक्षी–८ का ३१ वर्षीय दिलीप श्रेष्ठ, उनकी छोरी ११ वर्षीय गोमा श्रेष्ठ, ९ वर्षीया शीतल श्रेष्ठ र अटो चालक ५२ वर्षीय पूर्णबहादुर भट्टराई घाइते भएका थिए।
विराटनगर, फागुन ७ : झापाको शिवसताक्षी नगरपालिका–८ मा भएको सवारी दुर्घटनमा एकजनाको मृत्यु भएको छ। दुर्घटनामा तीनजना घाइते भएका छन्। प्रहरीका अनुसार मे–१ ह ५८०५ नम्बरको अटोरिक्साले आइतबार साँझ दुईवटा साइकललाई ठक्कर दिएको थियो।
ठक्करपछि घाइते भएका शिवसताक्षी–८ का ३१ वर्षीय दिलीप श्रेष्ठ, उनकी छोरी ११ वर्षीय गोमा श्रेष्ठ, ९ वर्षीया शीतल श्रेष्ठ र अटो चालक ५२ वर्षीय पूर्णबहादुर भट्टराई घाइते भएका थिए।
उनीहरुको आम्दा अस्पताल दमकमा उपचार भइरहेको थियो। थप उपचारका लागि बिर्तासिटी अस्पताल पुर्याइएकी शीतल श्रेष्ठको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १३:०६ बजे, सोमबार, फागुन ७, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












