तस्बिरमा प्रजातन्त्र दिवसकाे राैनक
आज ७४औं राष्ट्रिय प्रजातन्त्र दिवस। यस अवसरमा राजधानी काठमाडौंलगायत देशैभरि विभिन्न कार्यक्रमको आयोजना गरिएको छ।
काठमाडाैं, फागुन ७ : आज ७४औं राष्ट्रिय प्रजातन्त्र दिवस। यस अवसरमा राजधानी काठमाडौंलगायत देशैभरि विभिन्न कार्यक्रमको आयोजना गरिएको छ। काठमाडौंको सैनिकमञ्च टुँडिखेलमा पनि विशेष समारोह सम्पन्न भएको छ।

उक्त समारोहमा समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत नेपाल सरकारका उच्च पदस्थ व्यपक्तहरूको सहभागिता थियो। समारोहमा राष्ट्रिय गान प्रस्तुति, झण्डोत्तलन, ज्ञात–अज्ञात सहिदप्रति मौनधारण गरिएको थियो।

सो अवसरमा नेपाली सेनाको हेलिकप्टरबाट राष्ट्रिय प्रजातन्त्र दिवस, २०८० अंकित ब्यानर प्रदर्शन गरी पुष्पवृष्टिसँगै बेलुनहरू उडाइएको थियो। साथै शान्तिका प्रतीक परेवा उडाइएको थियो भने नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलद्वारा ‘मार्चपास’ र ‘ब्याण्ड’ प्रस्तुत गरिएको थियो। तस्बिरहरू : रासस








-1708326565.jpg?timestamp=1708326620479)

-1708326564.jpg?timestamp=1708326620479)















![यातायात कार्यालयमा सेवाग्राहीको भिड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_e5165121-1783068187.jpg)
