प्रजातन्त्र दिवसको कार्यक्रममा प्रवेश नदिएपछि पत्रकारहरुले गरे क्यामेरा डाउन
सोमबार सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा रिपोर्टिङका लागि गएका पत्रकारहरूलाई प्रवेश नदिइएपछि पत्रकारहरूले क्यामेरा डाउन गरेर विरोध जनाएका हुन्।
काठमाडाैं, फागुन ६ : राष्ट्रिय प्रजातन्त्र दिवस २०८० को अवसरमा मूल समारोह समितिले आयोजना गरेको कार्यक्रममा पत्रकारहरुलाई प्रवेश नदिइएपछि पत्रकारहरूले क्यामेरा डाउन गरेर विरोध जनाएका छन्।
सोमबार सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा रिपोर्टिङका लागि गएका पत्रकारहरूलाई प्रवेश नदिइएपछि पत्रकारहरूले क्यामेरा डाउन गरेर विरोध जनाएका हुन्।
सूचना तथा प्रसारण विभागको कार्डले समेत प्रवेश नदिएपछि पत्रकारहरूले सांकेतिक विरोध गर्दै क्यामेरा डाउन गरेका थिए। समारोहको निमन्त्रण पास भए मात्रै प्रवेश दिने भन्दै पत्रकारहरूलाई आयोजकले फर्काइदिएको थियो।
सो समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुखसहितको सहभागिता रहेको थियो। विक्रम संवत् २००७ फागुन ७ गते १०४ वर्षसम्म चलेको जहाँनिया राणाशासन अन्त्य भई नेपालमा प्रजातन्त्रको स्थापनाको घोषणा भएको दिनको स्मरणमा यो दिवस मनाउन थालिएको हो।











![यातायात कार्यालयमा सेवाग्राहीको भिड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_e5165121-1783068187.jpg)
