महासमिति बैठकअघि सभापति देउवाले गरे पदाधिकारीसँग छलफल
पार्टी सभापति देउवाले कांग्रेस महासमिति बैठकको पूर्वसन्ध्यामा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहितका पदाधिकारीसँग छलफल गरेका हुन्।
काठमाडौं, फागुन ७ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारीसँग बुढानीलकण्ठमा छलफल गरेका छन्।
पार्टी सभापति देउवाले कांग्रेस महासमिति बैठकको पूर्वसन्ध्यामा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहितका पदाधिकारीसँग छलफल गरेका हुन्।
महामन्त्री थापाले तयार पारेको सांगठनिक प्रतिवेदनमा समेटिएका विषयवस्तु संशोधन र परिमार्जनका विषयमा छलफल भएको हो।
महामन्त्री गगन थापाको प्रतिवेदनलाई सर्वसम्मत बनाउने सन्दर्भमा पदाधिकारीबीच छलफल चलिरहेको जनाइएको छ । महामन्त्री थापाको प्रतिवेदन सोमबार दिउँसो १ बजे सुरु हुने महासमिति बैठकमा पेस हुँदैछ।
प्रकाशित मिति: १२:०३ बजे, सोमबार, फागुन ७, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











![यातायात कार्यालयमा सेवाग्राहीको भिड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_e5165121-1783068187.jpg)
