Kathmandu Press

न्याय र समानतामा आधारित समृद्ध समाज निर्माणतर्फ अघि बढ्नैपर्छ : सभामुख घिमिरे

सभामुख घिमिरले आज जारी गरेको शुभकामना सन्देशमा प्रजातन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको कामना गर्दैै उक्त शुभकामना व्यक्त गरेका हुन्।
न्याय र समानतामा आधारित समृद्ध समाज निर्माणतर्फ अघि बढ्नैपर्छ : सभामुख घिमिरे

काठमाडौं, फागुन ७ : सभामुख देवराज घिमिरेले प्रजातन्त्र दिवसले स्वतन्त्रताको अभ्यासमार्फत विकास र समृद्धिको यात्रालाई थप गति दिने प्रेरणा मिलोस् भन्ने कामना व्यक्त गरेका छन्।

सभामुख घिमिरले आज जारी गरेको शुभकामना सन्देशमा प्रजातन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको कामना गर्दैै उक्त शुभकामना व्यक्त गरेका हुन्।

Hardik ivf

'नेपालमा लोकतन्त्रको संस्थागत सुदृढीकरणको अभियानले सात दशक पार गरिसकेको छ, पटक–पटक संविधान बदल्दै अन्ततः सार्वभौम जनताबाट निर्वाचित संविधानसभाले संविधान निर्माण गरेको पनि झण्डै एक दशक पुग्न लागेको छ', शुभकामना सन्देशमा भनिएको छ, 'अब लोकतन्त्रको संस्थागत र वास्तविक कार्यान्वयनका लागि न्याय र समानतामा आधारित समृद्ध समाज निर्माणतर्फ अघि बढ्नै पर्दछ, लोकतन्त्रले सबै प्रकारका समस्या समाधान गर्न मार्गप्रशस्त गर्दछ भन्ने आमविश्वास रहेको छ।'

शुभकामना सन्देशमा सभामुख घिमिरले यस ऐतिहासिक दिनमा मुलुकमा तानाशाही शासन व्यवस्थाको अन्त्य गरी प्रजातन्त्र स्थापनाका लागि भएका विभिन्न आन्दोलनका क्रममा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सम्पूर्ण ज्ञात–अज्ञात सहिदहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उनीहरूप्रति उच्च सम्मान प्रकट गरेका छन्।

'विसं २००७ मा प्रजातन्त्र आएको मुलुकमा बहुदलीय व्यवस्था हुँदै सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भइसकेको छ, तर प्रजातन्त्र दिवसको अस्तित्व भने कायम रहँदै आएको छ', सन्देशमा भनिएको छ, '२००७ सालपछि भएका जति पनि जनक्रान्ति छन्, ती सबै प्रजातन्त्रकै जगमा भएको हो भन्ने मेरो बुझाइ छ।'

नेपालको आधुनिक इतिहासमा फागुन ७ गतेको विशिष्ट महत्व रहेको र २००७ सालको क्रान्ति सफल भएर एक सय चारवर्षे लामो निरङ्कुश जहानियाँ राणा शासन अन्त्य भएको सम्झनामा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाइन्छ।

प्रकाशित मिति: ११:५३ बजे, सोमबार, फागुन ७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्