Kathmandu Press

सङ्घीयता र गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति नै हो : सभापति देउवा

फागुन ७ गते कांग्रेसको नेतृत्वमा नेपालको आधुनिक इतिहास प्रारम्भ भएको गौरवमय दिनका अवसरमा समस्त नेपालीमा शुभकामना व्यक्त गर्दै उनले २००७ सालको कात्र्तिक २६ गतेदेखि प्रारम्भ ऐतिहासिक जन–क्रान्तिले आजकै दिन १०४ वर्षको एकतन्त्रीय निरङ्कुश राणा शासनलाई समाप्त पारेर देशमा प्रजातन्त्रको स्थापना गरेको उल्लेख गरेका हुन् ।
सङ्घीयता र गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति नै हो : सभापति देउवा

काठमाडौं, फागुन ७ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समृद्धिको सपना, समावेशीताको जग, राष्ट्रियता र प्रजातन्त्रको अन्योन्याश्रीत सम्बन्ध हुँदै ०४६ सालको परिवर्तन र २०६२/०६३ सालको आन्दोलनमार्फत सङ्घीयता र गणतन्त्रसम्मको यात्राको जननी २००७ साल फागुन ७ को क्रान्ति नै भएको उल्लेख गरेका छन् । 

फागुन ७ गते कांग्रेसको नेतृत्वमा नेपालको आधुनिक इतिहास प्रारम्भ भएको गौरवमय दिनका अवसरमा समस्त नेपालीमा शुभकामना व्यक्त गर्दै उनले २००७ सालको कात्र्तिक २६ गतेदेखि प्रारम्भ ऐतिहासिक जन–क्रान्तिले आजकै दिन १०४ वर्षको एकतन्त्रीय निरङ्कुश राणा शासनलाई समाप्त पारेर देशमा प्रजातन्त्रको स्थापना गरेको उल्लेख गरेका हुन् ।

Hardik ivf

“राजनीतिक परिवर्तन मात्र होइन, आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक हरेक क्षेत्रमा यसले अग्रगामी परिवर्तनको मार्ग प्रसस्त गरेको थियो । मध्ययुगीन सामन्ती अवस्थाबाट नयाँ युगमा नेपाल प्रवेश गर्‍यो र प्रजातन्त्रसँगै बलियो राष्ट्रियताको आधार पनि सो दिनले निर्माण गर्‍यो”, सभापति देउवाले सन्देशमा उल्लेख गरेका छन् ।

उनले नेपालको संविधानको संरक्षण र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गरी मुलुकलाई आर्थिक समुन्नतिको मार्गमा अग्रसर गराउँदै लोकतान्त्रिक संस्कार, संस्कृति, मूल्य र मान्यतामा आधारित समतामूलक समाजको निर्माण गर्न प्रजातन्त्र दिवसले सबैलाई प्रेरणा प्रदान गर्नेछ भन्ने विश्वास व्यक्त गरेका छन् ।

देशमा लोकतन्त्र स्थापना र पुनःस्थापनाको लामो सङ्घर्षमा अनेकौँ सपूतहरुले आफूलाई उत्सर्ग गरेका उल्लेख गर्दै सभापति देउवाले यो ऐतिहासिक दिनमा सम्पूर्ण सहिदहरुको त्याग र बलिदानको स्मरण गर्दै उहाँहरुप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् । 

प्रकाशित मिति: ०८:३६ बजे, सोमबार, फागुन ७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्