आज राष्ट्रिय प्रजातन्त्र दिवस, देशभर सार्वजनिक बिदा
गणतन्त्र स्थापनापछि केही समय ओझेलमा परेको यो दिवसलाई यस वर्ष सरकारले थप महत्वका साथ विभिन्न कार्यक्रम गरी मनाउने निर्णय गरेको छ । दिवसका अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ ।
काठमाडौं, फागुन ७ : आज राष्ट्रिय प्रजातन्त्र दिवस । देशभर विभिन्न कार्यक्रम गरी मनाइदैछ ।
गणतन्त्र स्थापनापछि केही समय ओझेलमा परेको यो दिवसलाई यस वर्ष सरकारले थप महत्वका साथ विभिन्न कार्यक्रम गरी मनाउने निर्णय गरेको छ । दिवसका अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ ।
दिवसको अवसरमा काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा विशेष समारोह आयोजना गरिएको छ । समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुखसहितको सहभागिता रहनेछ ।
सो क्रममा सेनाको हेलिकोप्टरबाट ‘राष्ट्रिय प्रजातन्त्र दिवस, २०८०’ अङ्कित ब्यानर चक्रपथ वरपर प्रदर्शन गर्ने तथा नेपाली सैनिक मञ्च, टुँडिखेलमा हेलिकोप्टरबाट पुष्पवृष्टि र झन्डा प्रदर्शन गर्ने कार्यक्रम समेत छ ।
वि.सं. २००७ सालमा जहानियाँ राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको दिनको सम्झनामा हरेक वर्ष फागुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवस मनाउने गरिन्छ ।

![यातायात कार्यालयमा सेवाग्राहीको भिड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_e5165121-1783068187.jpg)