गणतन्त्र जनताको बन्न सकेन : विप्लव
उनले गणतन्त्र लोकतन्त्र दलालहरूको कब्जामा गएको भन्दै तिनीहरुको हातबाट जनताको हातमा फर्काउन क्रान्ति आवश्यक रहेको बताए।-1708266827.jpg)
काठमाडौं, फागनु ६ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले अहिलेको लोकतन्त्र र गणतन्त्र दलालहरूको कब्जामा गएको बताएका छन्।
राजधानीमा आइतबार अनेरास्ववियु क्रान्तिकारीको २३औं राष्ट्रिय सम्मेलन उद्घाटन समारोहमा उनले गणतन्त्र लोकतन्त्र दलालहरूको कब्जामा गएको भन्दै तिनीहरुको हातबाट जनताको हातमा फर्काउन क्रान्ति आवश्यक रहेको बताए।
‘एउटा साझा निष्कर्ष छ। यो गणतन्त्र जनताको गणतन्त्र बन्न सकेन, यो लोकतन्त्र जनताको लोकतन्त्र बन्न सकेन। गणतन्त्र लोकतन्त्र दलालहरूको कब्जामा गएको छ,’ उनले भने, ‘तिनीहरुको हातबाट जनताको हातमा फर्काउन आन्दोलन क्रान्ति आवश्यक छ।’
महासचिव चन्दले शताब्दीको गुलाम बनाउनका लागि दलालहरु गाउँगाउँमा अहिले हिडिरहेको बताए। भ्रष्टको नांगो अनुहार हेर्न पाइएको भन्दै त्यसले गज्जब पनि भएको उनको भनाइ छ।
‘नेपाललाई आधुनिक र २१औं यो व्यवस्थाले जनताको अपेक्षाको प्रतिनिधित्व गर्न सक्दैन भन्ने कुरा साबित भयो नि! गज्जब भयो? राज्यको कर छली गरेर लुकाउन नसकेर रातभरि निन्द्रा नलागेर बौलाउने मानिस देखियो गज्जब भएन?,’ उनले भने, ‘शताब्दीको गुलाम बनाउनको लागि दलालहरू गाउँगाउँमा अहिले फाइल बोकेर हिँडिरहेका छन्। ती दलालहरूको नांगो अनुहार हेर्न पाइएको छ गज्जब त्यसैले यो व्यवस्थालाई नजिकबाट हेर्न पाइएको छ। त्यसैले नेपालमा बर्बादमात्र होइन गज्जब पनि भएको छ।’
विद्यार्थी आन्दोलन आज एकदमै चुनौतिपूर्ण मोडमा अडकिएको भन्दै उनले देशमा केही हुँदैन बस्नुहुँदैन भन्ने गलत हल्ला चलेको टिप्पणी गरे।











![यातायात कार्यालयमा सेवाग्राहीको भिड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_e5165121-1783068187.jpg)
