आयल निगमको कार्यकारी निर्देशकमा चण्डिका भट्ट नियुक्त
आइतबार साँझ बसेको मन्त्रिपरिषद बैठकले भट्टलाई रिक्त रहेको निगमको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो।
काठमाडौं, फागुन ६ : नेपाल सरकारले नेपाल आयल निगमको कार्यकारी निर्देशकमा चण्डिका भट्टलाई नियुक्त गरेको छ।
आइतबार साँझ बसेको मन्त्रिपरिषद बैठकले भट्टलाई रिक्त रहेको निगमको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो।
भट्ट दोस्रो पटक आयल निगमको कार्यकारी निर्देशक बनेका हुन्। यसअघि उनी २०७१ असोज मा कार्यकारी निर्देशक बनेका थिए।
अहिले उनी विशेष आर्थिक क्षेत्र (सेज) प्राधिकरणको कार्यकारी निर्देशक हुन्।
तत्कालीन कार्यकारी निर्देशक उमेशप्रसाद थानीले कार्यकाल नसकिँदै राजीनामा दिएपछि पद खाली थियो।
प्रकाशित मिति: २०:०३ बजे, आइतबार, फागुन ६, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











![यातायात कार्यालयमा सेवाग्राहीको भिड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_e5165121-1783068187.jpg)
