Kathmandu Press

सञ्चारमन्त्री शर्माका सूचना प्रविधि सल्लाहकार भण्डारी बने दुरसञ्चार प्राधिकरणको अध्यक्ष

आइतबार बसेको मन्त्रिपरिषद बैठकले भण्डारीलाई अध्यक्षमा नियुक्त गरेको हो। भण्डारी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका सूचना प्रविधि सल्लाहकार हुन्।
सञ्चारमन्त्री शर्माका सूचना प्रविधि सल्लाहकार भण्डारी बने दुरसञ्चार प्राधिकरणको अध्यक्ष

काठमाडौं, फागुन ६ : सरकारले नेपाल दुरुसञ्चार प्राधिकरणको अध्यक्षमा भूपेन्द्र भण्डारीलाई नियुक्त गरेको छ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले भण्डारीलाई अध्यक्षमा नियुक्त गरेको हो। भण्डारी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका सूचना प्रविधि सल्लाहकार हुन्।

Hardik ivf

प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिएपछि पद रिक्त थियो ।

यस्तै, मन्त्रिपरिषद् बैठकले सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेललाई बर्खास्त गरेको छ। पौडेलले अमेरिकी स्थायी आवासीय अनुमति पीआर लिएको देखिएकाले बर्खास्त गरिएको प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।

यस्तै, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा सदस्य सचिव प्रमोद जोशीलाई नियुक्त गरेको छ।

प्रकाशित मिति: १९:५२ बजे, आइतबार, फागुन ६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्