Kathmandu Press

झापाका माओवादी नेता पुरी सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर

सम्पत्ति शुद्धीकरण मुद्दामा आइतबार नेता पुरी र उनकी पत्नी केशावती पुरीको नामको चार करोड बढी सम्पत्ति जफत हुने फैसला भएको हो।
झापाका माओवादी नेता पुरी सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर

काठमाडौं, फागुन ६ : विशेष अदालतले झापाका माओवादी नेता रेवतराज पुरी ‘गगन’ को चार करोडभन्दा बढी सम्पत्ति जफत हुने फैसला सुनाएको छ।

सम्पत्ति शुद्धीकरण मुद्दामा आइतबार नेता पुरी र उनकी पत्नी केशावती पुरीको नामको चार करोड बढी सम्पत्ति जफत हुने फैसला भएको हो। पुरी गत वर्ष सम्पन्न निर्वाचनमा झापा क्षेत्र नम्बर ५ (ख) मा माओवादीबाट प्रदेश सभा सदस्यका उम्मेदवार थिए।

Hardik ivf

उनी एमालेका उम्मेदवारसँग पराजित भएका थिए । उनी २०७४ सालमा दमक नगरपालिका प्रमुखको पदमा पनि प्रतिस्पर्धा गरेका थिए । त्यतिखेर उनी एमालेका रोमनाथ ओलीसँग पराजित भएका थिए।

अदालतबाट परिवारका अन्य सदस्यले भने मुद्दामा सफाई पाएका छन्। विशेष अदालतले पुरी दम्पत्तिलाई सम्पत्ति शुद्धीकरण (मनिलन्ड्रिङ) मुद्दामा ४ करोड ३ लाख ३४ हजार आठ सय ९४ रुपैयाँ १४ पैसा जरिवाना हुने ठहर गरेको छ।

अवैध सम्पत्ति असुल उपर गर्ने फैसला भए पनि कैद सजाय भने तोकिएको छैन। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले २०७७ माघ २१ गते पुरी दम्पतीसहित ६ जनाविरूद्ध १२ करोड १३ लाख रूपैयाँबराबरको बिगो दाबीसहित अदालतमा मुद्दा दायर गरेको थियो।

प्रकाशित मिति: १८:२० बजे, आइतबार, फागुन ६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्