मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत
आइतबार दिउँसो बसेको प्रदशेसभा बैठकमा विश्वासको मतको पक्षमा १०४ मध्ये ६९ मत परेको थियो। विपक्षमा ३५ मत परेको थियो।
काठमाडौं, फागुन ६ : मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले तेस्रोपटक पटक सदनबाट विश्वासको मत प्राप्त गरेका छन्।
आइतबार दिउँसो बसेको प्रदशेसभा बैठकमा विश्वासको मतको पक्षमा १०४ मध्ये ६९ मत परेको थियो। विपक्षमा ३५ मत परेको थियो।
यादवलाई कांग्रेस, माओवादी, जसपालगायत सत्तारुढ गठबन्धनका दलले मत दिएका थिए। उनलाई नेकपा एमाले, जनमत र स्वतन्त्र संसद्ले मत दिएनन्।
गत माघ ९ गते जनमतका दुई मन्त्रीले सरकार छाड्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले तेस्रो पटक विश्वासको मत लिएका हुन्।
प्रकाशित मिति: १८:१७ बजे, आइतबार, फागुन ६, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











![यातायात कार्यालयमा सेवाग्राहीको भिड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_e5165121-1783068187.jpg)
