Kathmandu Press

महासमिति बैठकमा ६० जनाले बोल्न पाउने, हिन्दु राष्ट्रको एजेन्डा समावेश नहुने

ललितपुरमा आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले भने ‘महासमिति बैठक तयारी अन्तिम चरणमा पुगेको छ। महासमितिमा सहभागी सदस्यमध्ये कम्तीमा ६० प्रतिशतलाई बोल्न समय दिइने छ।’
महासमिति बैठकमा ६० जनाले बोल्न पाउने, हिन्दु राष्ट्रको एजेन्डा समावेश नहुने

काठमाडौं, फागुन ६ : कांग्रेसको महासमिति बैठकका सहभागी नेतामध्ये ६० जनाले बोल्न पाउने भएका छन्। सोमबारदेखि ललितपुरको गोदावरीमा सुरु हुने बैठकको तयारी अन्तिम चरणमा पुगेको पार्टीले जनाएको छ। 

ललितपुरमा आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले भने ‘महासमिति बैठक तयारी अन्तिम चरणमा पुगेको छ। महासमितिमा सहभागी सदस्यमध्ये कम्तीमा ६० प्रतिशतलाई बोल्न समय दिइने छ।’

Hardik ivf

प्रचार विभाग प्रमुख विश्वकर्माले हिन्दु राष्ट्रको एजेण्डा प्रतिवेदनमा समावेश नहुने स्पष्ट पारेका छन्। ‘सभापतिले छलफल गर्न चाहेको भए केन्द्रीय समितिमा प्रस्ताव आउने थियो,' उनले भने, 'सभापतिले नचाहेकै कारणले आधिकारिक प्रस्ताव भएन।’

बैठकका सबै गतिविधि जानकारी दिने उद्देश्यका साथ मिडिया सेन्टर स्थापना गरिएको उनले बताए। उनले भने, ‘फागुन ७ देखि १० गतेसम्म गोदावरीस्थित सनराइज हलमा महासमिति बैठक हुँदैछ। आजबाट मिडिया सेन्टर स्थापना गरिएको छ।’   

बैठकमा उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले सांगठनिक, महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक, प्रवक्तासमेत रहेका अर्थमन्त्री प्रकाशशरण महतले  नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशा तथा लेखा समिति संयोजक श्यामकुमार घिमिरेले लेखा परीक्षण प्रतिवेदन पेस जानकारी प्रमुख विश्वकर्माले दिए। 

यसपटकको महासमितिको बैठक विगतको भन्दा अलि फरक ढंगले गर्न लागेको उनले बताए। प्रस्तावहरूमाथि हिमाल, पहाड, तराई र मधेसको प्रतिनिधित्व हुने गरी चार वटा समूह बनाएर समूहगत रुपमा छलफल गरिने पनि उनले जानकारी दिए। 

उनले भने,‘प्रतिवेदनहरुमाथि समूहगत छलफल हुनेछ। हिमाल, पहाड, तराई र मधेस सबै क्षेत्रबाट प्रतिनिधित्व हुनेगरि समूह विभाजन गरिनेछ। यसपटकको महासमितिको बैठक विगतको भन्दा अलि फरक ढंगले गर्दैछौं।’

बैठकको उद्घाटन पार्टी सभापति शेरबहादुर देउवाले सोमबार दिउँसो १ बजे गर्ने कार्यक्रम छ। 
 

प्रकाशित मिति: १७:४० बजे, आइतबार, फागुन ६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्