तीन पूर्वसचिवसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वसचिवहरू भीम उपाध्याय, सञ्जय शर्मा र गजेन्द्र ठाकुरलगायत विरुद्ध मुद्दा दायर गरेको हो।
काठमाडौं, फागुन ६ ः मेलम्ची खानेपानी परियोजनामा भ्रष्टाचार गरेको अभियोगमा तीनजना पूर्वसचिवसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वसचिवहरू भीम उपाध्याय, सञ्जय शर्मा र गजेन्द्र ठाकुरलगायत विरुद्ध मुद्दा दायर गरेको हो। उनीहरुसँगै अध्यागमन विभागका प्रमुख रुद्रसिंह तामाङविरुद्ध पनि भ्रष्टाचार मुद्दा दर्ता भएको छ।
तामाङ मेलम्ची खानेपानी विकास समितिका तत्कालीन बोर्ड सदस्य हुन्। मेलम्ची खानेपानी परियोजनामा भ्याटबाहेक ७ अर्ब ७२ करोड रुपैँया ठेक्का सम्झौता गर्दा कानुनले तोके भन्दा बढी पेस्की मोबिलाइजेसन गरेको अभियोग उनीहरुमाथि लगाइएको छ ।
पूर्वसचिव शर्माले ६ करोड ९७ लाख ८३ हजार एक सय ७८ रुपैँया ९६ पैसा, उपाध्यायले चार करोड ११ लाख ३४ हजार दुई सय ७९ रुपैँया ९२ पैसा र ठाकुरले ६० करोड ४९ लाख १९ हजार ८ सय ८४ रुपैँया ३१ पैसा भ्रष्टाचार गरेको अभियोग छ।
उक्त मुद्दामा भ्रष्टाचार निवारण ऐन, २०५९ अनुरुप विगो असुली, त्यति नै जरिबाना र जेल साजयकोे मागदाबी लिइएको छ ।











![यातायात कार्यालयमा सेवाग्राहीको भिड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_e5165121-1783068187.jpg)
