Kathmandu Press

‘सहकारीमा देखिएको समस्या समाधानार्थ बैंकिङ कसुर तथा सजाय विधेयक’

उनले विधेयकमा बैकिङ कसुरको सजायलाई व्यवस्थीति र निरुत्साहित गर्ने व्यवस्था राखिएको जानकारी दिए।
‘सहकारीमा देखिएको समस्या समाधानार्थ बैंकिङ कसुर तथा सजाय विधेयक’

काठमाडाैं, फागुन ६ : अर्थमन्त्री डा प्रकाशशरण महतले बैंक वित्तीय संस्था सहकारी संस्थामा देखिएको समस्या समाधान गर्न बैकिङ कसुर तथा सजाय (दोश्रो संशोधन) विधेयक ल्याइएको बताएका छन्।

आइतबार प्रतिनिधिसभा बैठकमा उक्त विधयेकमाथि विचार गरियोस् भन्ने प्रस्तावको छलफलका क्रममा आएका जिज्ञासाको जवाफ दिदै मन्त्री महतले चेक अनादार मात्रै नभई समग्र बैंकिङ क्षेत्रमा देखिएका समस्या समाधान गर्न संशोधित बिधेयक ल्याइएको बताएका हुन्।

Hardik ivf

उनले विधेयकमा बैकिङ्क कसुरको सजायलाई व्यवस्थीति र निरुत्साहित गर्ने व्यवस्था राखिएको जानकारी दिए। विधुतीय आर्थिक अपराधलाई नियन्त्रण गर्न मन्त्रिपरिषद्बाट अघि बढाएर बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) ऐन संसदमा पेस गर्न लागिएको बताए। यस विधेयकमा समेटिन नसकिएका बिषयलाई बाफिया ऐनमा समावेश गरिने उनले बताए।

बैठकले बैकिङ्ग कसुर तथा सजाय(दोश्रो संशोधन) विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतले पारित गरेको छ।

प्रकाशित मिति: १६:२४ बजे, आइतबार, फागुन ६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्