सडकमा दूध घोप्टाएर चितवनका किसान विरोधमा उत्रिए
चितवन जिल्ला दूध उत्पादक सहकारी संघको नेतृत्वमा दुध पोख्दै विरोध जनाइएको हो। उक्त संस्थामा चितवनका एक सय १५ भन्दा बढी दुग्ध सहकारीहरु आवद्ध रहेको जनाइएको छ।चितवन, फागुन ६ : बिक्री भएको दूधको भुक्तानी नपाएको र दूध बिक्री नभएको बताउँदै चितवनका किसानहरुले सडकमा दूध घोप्टाएर विरोधमा उत्रिएका छन्।
चितवन जिल्ला दूध उत्पादक सहकारी संघको नेतृत्वमा दुध पोख्दै विरोध जनाइएको हो। उक्त संस्थामा चितवनका एक सय १५ भन्दा बढी दुग्ध सहकारीहरु आवद्ध रहेको जनाइएको छ। किसानहरुले प्रधानमन्त्री, संघीय तथा प्रदेश कृषि मन्त्रीलगायतका सम्बन्धित ठाउँमा पटकपटक समस्या राख्दा समेत समधान नभएको गुनासो पोखेका छन्।
किसानको समूह विरोधका लागि आइतबार प्ले कार्ड प्रदर्शन र नारा जुलुससहित जिल्ला प्रशासन कार्यालय चितवनमा पुगेको थियो। उक्त समूहले पूर्वपश्चिम राजमार्गअन्र्तगत केन्द्रीय बसपार्कमा दूध पोखेर विरोध जनाएको हो। चितवनका ४० हजारभन्दा बढी पशुपालक किसानले करिब २२ करोड रुपैयाँ भुक्तानी वक्यौता रहेको बताएका छन्।
दूधको बक्यौता माग्दा दूध उद्योगले खरिद गर्न नमानेको पिडा पनि उनीहरुले पोखेका छन्। साउनदेखिकै भुक्तानी बाँकी रहेको भनाई उनीहरुको छ। चितवन जिल्ला दूध उत्पादक सहकारी संघले अविलम्व दूधको भुक्तानी नभए किसानले दूध उत्पादन गर्नसक्ने अवस्था नभएको बताएको छ।