प्रतिनिधिसभामा ‘अनुगमन तथा मूल्यांकन विधेयकसम्बन्धी प्रतिवेदन’ पेस
बैठकमा राज्यव्यवस्था तथा सुशासन समितिका सभापतिका सभापति रामहरि खतिवडाले उक्त प्रतिवेदन पेस गरेका हुन्।
काठमाडौं, फागुन ६ : प्रतिनिधिसभाको आजको बैठमा राष्ट्रियसभामा उत्पत्ति भएको ‘अनुगमन तथा मूल्याङ्कन विधेयकसम्बन्धी प्रतिवेदन, २०८०’ पेस भएको छ।
बैठकमा राज्यव्यवस्था तथा सुशासन समितिका सभापतिका सभापति रामहरि खतिवडाले उक्त प्रतिवेदन पेस गरेका हुन्। प्रस्तुत प्रतिवेदनमा सांसदहरुको भावनालाई अधिकतम समेट्ने प्रयास गरिएको सभापति खतिवडाले बताए।
विधेयकले संघीय सरकारको संघीय आयोजना र संघीय सरकारको अनुदानमा सञ्चालित आयोजना अनुगमन तथा मूल्यांकन गर्ने व्यवस्था गरेको छ ।
उक्त विधेयक राष्ट्रिय सभाबाट पारित भएर आएको थियो। राज्य व्यवस्था तथा सुशासन समितिले परिमार्जन सहित पारित गरेको थियो। प्रतिनिधिसभा नियमावली नियम १२१ बमोजिम सभापति खतिवडाले सदनमा उक्त विधेयक पेस गरेका हुन्।
विधेयक २०७६ फागुन २८ गते राष्ट्रिय सभामा दर्ता भएको हो । विधेयक उपर एक वर्षपछि राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल भएको थियो । राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित भएपछि प्रतिनिधिसभामा प्रश्तुत भएको हो।












