Kathmandu Press

थारु समुदायलाई निजामती सेवामा छुट्टै आरक्षणको व्यवस्था गरिने

उनले मौलिक हकको भावना तथा मर्म सर्वोच्च अदालतको परमादेशको कार्यान्वयन हुने गरी थारु समुदायलाई निजामती सेवामा छुट्टै आरक्षणको व्यवस्थासहितको संघीय निजामती सेवा विधेयक संसदमा छिटै प्रस्तुत गरिने प्रतिबद्धता जनाएका हुन्। 
थारु समुदायलाई निजामती सेवामा छुट्टै आरक्षणको व्यवस्था गरिने

काठमाडौं, फागुन ६ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले थारु समुदायलाई निजामती सेवामा छुट्टै आरक्षणको व्यवस्थासहितको संघीय निजामती सेवा विधेयक संसदमा छिटै प्रस्तुत गरिने बताएका छन्। 

आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा सांसद कल्पना चौधरीले उठाएको प्रश्नको जवाफ दिँदै उनले मौलिक हकको भावना तथा मर्म सर्वोच्च अदालतको परमादेशको कार्यान्वयन हुने गरी थारु समुदायलाई निजामती सेवामा छुट्टै आरक्षणको व्यवस्थासहितको संघीय निजामती सेवा विधेयक संसदमा छिटै प्रस्तुत गरिने प्रतिबद्धता जनाएका हुन्। 

Hardik ivf

उनले भने,‘थारु समुदायलाई छुट्टै आरक्षणको व्यवस्थासहितको राष्ट्रिय शिक्षा विधेयक प्रतिनिधिसभामा पेस गरिसकिएको छ। मौलिक हकको भावना तथा मर्म सर्वोच्च अदालतको परमादेशको कार्यन्वयन हुनेगरी थारु समुदायलाई निजामती सेवामा छुट्टै आरक्षणको व्यवस्थासहितको संघीय निजामति सेवा विधेयक संसदमा छिटै प्रस्तुत गरिने जानकारी पनि गराउँछु।’

सांसद कल्पना चौधरीले थारु समुदायलाई निजमती सेवामा छुट्टै व्यवस्था नगरेर राज्यले उपेक्षा गरेको भन्दै प्रधानमन्त्रीलाई सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले यस्तो प्रतिवद्धतासहितको जानकारी गराएका हुन्।
 

प्रकाशित मिति: १३:५७ बजे, आइतबार, फागुन ६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्