Kathmandu Press

 साहित्यकार भ्रष्ट छैनन् : कुलपति राई 

साहित्यका विविध विधा र कृति पढ्न कानुन व्यवसायीलाई आग्रह गर्दै उनले बहुल भाषाबारे ज्ञान भएमा शब्दहरूको प्रयोगमा अर्थको अनर्थ नलाग्ने र फैसलाहरू त्रुटिरहित हुने बताए। 
 साहित्यकार भ्रष्ट छैनन् : कुलपति राई 

काठमाडाैं, फागुन ६ : नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भुपाल राईले भ्रष्टाचार र अनियमिततामा अपवादबाहेक कवि साहित्यकारहरू संलग्न नभएको बताएका छन्।

सर्वोच्च अदालत बार एसोसिएसनको स्वर्ण महोत्सवका अवसरमा एसोसिएसनको भाषा साहित्य, कला संस्कृति समिति, नेपाल कानुन व्यवसायी भाषा साहित्य प्रतिष्ठान र निर्झर दिलचेत वाङ्यमय प्रतिष्ठान नेपालद्वारा ‘संरक्षणमा कानुन व्यवसायीको भूमिका र दायित्व’ विषयक अन्तरविमर्शमा कुलपति राईले समाजमा हुने गरेका भ्रष्टाचार र अनियमितताका मुद्दामा अपवादबाहेक कवि साहित्यकार संलग्न नभएको बताए।

Hardik ivf

साहित्यका विविध विधा र कृति पढ्न कानुन व्यवसायीलाई आग्रह गर्दै उनले बहुल भाषाबारे ज्ञान भएमा शब्दहरूको प्रयोगमा अर्थको अनर्थ नलाग्ने र फैसलाहरू त्रुटिरहित हुने बताए। 

कार्यक्रममा पूर्वन्यायाधीश कमलनारायण दासले सबै पक्ष मिलेर नेपाली भाषा र मातृभाषालाई बचाउन अग्रसर हुनुपर्नेमा जोड दिए। प्रा.डा. भागवत ढकालले भाषाको प्रयोग गर्दा विभिन्न मातृभाषाबाट आएका शब्दको सम्मान गर्नु अत्यावश्यक भएको बताए।

प्रकाशित मिति: १३:५० बजे, आइतबार, फागुन ६, २०८०
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्