Kathmandu Press

विश्व कविता दिवसमा कविता महोत्सव गरिँदै

सदनका अध्यक्ष प्रा डा हेमनाथ पौडेलले उक्त दिन प्रतियोगी कविका साथै अतिथि कविका कविता वाचन, विमर्शका तथा महोत्सव हुने बताए।
विश्व कविता दिवसमा कविता महोत्सव गरिँदै

काठमाडौं, फागुन ६ : साहित्य सदन नेपालले विश्व कविता दिवसका अवसरमा राष्ट्रव्यापी कविता महोत्सव गर्ने भएको छ। जन प्रज्ञा–प्रतिष्ठानका रूपमा स्थापित सदनले आगामी चैत ८ गते राष्ट्रव्यापी कविता महोत्सव गर्न लागेको हो।

सदनका अध्यक्ष प्रा डा हेमनाथ पौडेलले उक्त दिन प्रतियोगी कविका साथै अतिथि कविका कविता वाचन, विमर्शका तथा महोत्सव हुने बताए। उनका अनुसार प्रतियोगितामा प्रथम हुनेलाई रु ३० हजार, द्वितीय हुनेलाई रु २० हजार र तृतीयलाई रु १० हजारको पुरस्कार दिइनेछ।

सन् १९९९ मा संयुक्त राष्ट्र सङ्घको शैक्षिक तथा सांस्कृतिक सङ्गठन युनिस्कोले हरेक मार्च २१ लाई विश्व कविता दिवस मनाउने निर्णय गरेुँगै नेपाल पनि यो दिवस मनाउन थालिएको हो।  

प्रकाशित मिति: १३:४९ बजे, आइतबार, फागुन ६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्