उद्योगी–व्यवसायी घरानाका लागि कर्जा सीमा तोकिएको छ : प्रधानमन्त्री
उनले उद्योगी–व्यवसायी घरानाले विभिन्न क्षेत्रमा लगानी गर्दा देशभित्र उत्पादन र रोजगारी बढाउन साथै आवश्यक वस्तु तथा सेवाको आपूर्ति सहज बनाउन मद्दत पुग्ने उल्लेख गरे।
काठमाडौं, फागुन ६ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एकै व्यक्ति वा समूह, बैंक र व्यवसायी दुवै हुँदा आउन सक्ने समस्यालाई निराकरण गर्न सरकारले कानूनी र नीतिगत व्यवस्था गरेको बताएका छन्। उनले यस दिशामा थप नीतिगत र कानुनी सुधारका कार्य भइरहेको जानकारी दिए।
प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसदको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री दाहालले मुलुकमा प्राप्त स्रोत–साधन सीमित घरानामा अधिक केन्द्रित हुँदा विभिन्न प्रकारका जोखिम सिर्जना हुने भएकाले निराकरण गर्न बैंकिङ क्षेत्रमा एक व्यक्ति वा समूहले लिन पाउने कुल कर्जा सीमा तोकिएको जानकारी दिए।
उनले उद्योगी–व्यवसायी घरानाले विभिन्न क्षेत्रमा लगानी गर्दा देशभित्र उत्पादन र रोजगारी बढाउन साथै आवश्यक वस्तु तथा सेवाको आपूर्ति सहज बनाउन मद्दत पुग्ने उल्लेख गरे।
प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री कार्यालयमा हालै एमाले प्रतिनिधि मण्डल र मुख्यसचिव सहितको गहन छलफल भइसकेको बताउँदै एमालेले अघि सारेका मध्य पहाडको विकासको सन्दर्भमा सरकार पनि सहमत रहेकोर एमाले उपाध्यक्ष विष्णु पौडेलसँग आफूले व्यक्तिगतरुपमा पनि छलफल गरिरहेको बताए।











![यातायात कार्यालयमा सेवाग्राहीको भिड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_e5165121-1783068187.jpg)
