Kathmandu Press

बालकुमारी घटनाको प्रतिवेदन आज बुझ्दै छु, अध्ययन गरेर दोषीलाई कारबाही गर्छु : प्रधानमन्त्री

‘१० लाख दिएर चुप लागेर बसेको भन्ने गलत हो । छानबिन प्रतिपक्षले बनाएको होइन होला, मेरै प्रस्तावमा बनेको हो।’
बालकुमारी घटनाको प्रतिवेदन आज बुझ्दै छु, अध्ययन गरेर दोषीलाई कारबाही गर्छु : प्रधानमन्त्री

काठमाडौं, फागुन ६ : आइतबारको प्रतिनिधिसभाको बैठकको सुरु प्रतिपक्षी दलहरुले छानविन समितिले मन्त्रीहरुलाई नै दोषी देखाएपनि प्रधानमन्त्री पुष्पकमल दाहाल दोषीलाई कारबाही गर्न मौन बसेको बताए। बैठकमा नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले दोषी देखिएका मन्त्रीहरुको बर्खास्तीको माग गरे।

‘प्रधानमन्त्रीसँग प्रश्नोत्तर’ कार्यक्रममा सांसदहरूले सोधेका प्रश्नको जाफाव दिन आइतबार संसदमा उपस्थित भएका प्रधानमन्त्रीले दाहालले बालकुमारी घटनामा प्रतिपक्ष दलहरुले उठाएका प्रश्नको जवाफ दिँदै सो घटनामा सरकार गम्भीर रहेको बताएका छन्।

Hardik ivf

‘बालकुमार घटनामा सरकार गम्भीर छ, सरकार गम्भीर भएरै पीडित परिवारलार्इृ क्षतिपूर्ति र परिवारका एक सदस्यलाई रोजगारी दिने र छानविन समिति बनाइएको हो,’ उनले भने, ‘छानविन समितिले गृममन्त्रीलाई प्रतिवेदन बुझाइसकेको छ, त्यो प्रतिवेदन आजै मैले बुझ्दै छु, प्रतिवेदन बुझेपछि अध्ययन गरेर कारबाही गर्ने गर्छु।’

जवाफमा प्रधानमन्त्री दाहालले १० लाख दिएर चुप बसेको भन्ने गलत भएको बताए। सरकार गम्भीर भएर नै घटनामा संलग्नहरुलाई निलम्बन गर्नुका साथै छानबिन प्रक्रिया अगाडि बढाएको भन्दै उनले भने, ‘१० लाख दिएर चुप लागेर बसेको भन्ने गलत हो । छानबिन प्रतिपक्षले बनाएको होइन होला, मेरै प्रस्तावमा बनेको हो।’

प्रकाशित मिति: १२:४१ बजे, आइतबार, फागुन ६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्