‘बालकुमारी घटनामा मन्त्री ज्वाला दोषी रहेको प्रमाणित भएको छ, प्रधानमन्त्री किन चुइक्क बोल्नुहुन्न?’
दुई युवाले ज्यान गुमाएको बालकुमारी घटनामा दोषी ठहर भएर पनि प्रधानमन्त्री मौन बसेको भन्दै लामिछानेले आफ्ना आएपछि सरकारले फाइल लुकाउने गरेको बताए।
काठमाडौं, फागुन ६ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बालकुमारी घटनामा मन्त्री नै दोषी भएको भनेर छानबिन समितिले निष्कर्ष निकाल्दा पनि प्रधानमन्त्री र मन्त्रीले नैतिकताको प्रदर्शन नगरेको बताए।
शुक्रबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सभापति लामिछानेले भने, ‘भौतिक पूर्वाधार मन्त्री नै दोषी रहेको कुरा जुन भन्दै आइएको थियो त्यो प्रतिवेदनले पनि स्पष्ट पार्यो। यति स्पष्ट पारिसक्दा पनि अहिलेसम्म न मन्त्रीले नैतिकताको प्रदर्शन गर्नु भएको छ न सरकार, न प्रधानमन्त्रीले।’
दुई युवाले ज्यान गुमाएको बालकुमारी घटनामा दोषी ठहर भएर पनि प्रधानमन्त्री मौन बसेको भन्दै लामिछानेले आफ्ना आएपछि सरकारले फाइल लुकाउने गरेको बताए।
‘बालकुमारी घटनामा देशमा रोजगारीको अवसर नपाएर विदेशमा रोजगरी गरी परिवार पाल्छु भनेका युवाहरू वीरेन्द्र शाह र सुजन राउतको दिनदहाडै गोली हानी हत्या गरियो र १० लाख दिएर मुख टाल्ने काम गरियो,’ लामिछानेले भने, ‘यसअघिदेखि नै मन्त्री प्रकाश ज्वाला दोषी रहेको भनिदै आएको थियो। अहिले छानबिनले नै उहाँ दोषी रहेको प्रमाणित गरेको छ। यसबारे न प्रधानमन्त्री चुइक्क बोल्नुहुन्, न त सम्बन्धित मन्त्रीले नै नैतिकता देखाउनुभएको छ।’
सभापति लामिछाने सरकारले भ्रष्टाचारका फाइल किन खोल्दो रहेछ भन्ने पनि यही घटनाले थप प्रष्ट पारेको बताए। उनले सरकारले प्रमाण नभेटेका मान्छेलाई नक्कली प्रमाण र नक्कली उजुरी गरेर पनि कारबाहीको प्रयासमा रहने गरेको भन्दै प्रमाणितहरूलाई भने जेगाउन लाग्ने गरेको बताए।
‘सरकार प्रमाण केही पनि नभएकाहरूलाई प्रमाण खोजेर जसरी पनि समात्न भनेर दबाब र्सिजनाका लागि रहने, छताछुल्ल भएकाहरूलाई आफ्ना वरपर राखेर हिडिँरहने हो भने विधिको शासनका बारेमा अब नबोले पनि हुन्छ,’ उनले भने, ‘हामी बुझ्दछौं गठबन्धनको पीडा, हामी बुझ्दछौँ प्रधानमन्त्रीसँग जम्मा ३२ सिट मात्र हुँदाको पीडा, हामी यो पनि बुझ्दछौँ नेपाली जनताले भोग्नुपरेको पीडा, जसको सत्ता टिकाउनका लागि आधार नबनोस्।











![यातायात कार्यालयमा सेवाग्राहीको भिड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_e5165121-1783068187.jpg)
