एमालेले माग्यो मन्त्री ज्वाला र गृहमन्त्री श्रेष्ठको राजीनामा
आइतबार प्रतिनिधिसभा बैठकको बोल्दै एमाले समेतक महेश बर्तौलाले बालकुमारी घटनामा दोषी देखिएको भन्दै गृहमन्त्री श्रेष्ठको बर्खास्तीको माग गरे।
काठमाडौं, फागुन ६ : प्रमुख प्रतिपक्षी दल एमालेले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला र उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेको छ।
आइतबार प्रतिनिधिसभा बैठकको बोल्दै एमाले समेतक महेश बर्तौलाले बालकुमारी घटनामा दोषी देखिएको भन्दै गृहमन्त्री श्रेष्ठको बर्खास्तीको माग गरे।
गत पुस १३ गते ललितपुरको बालकुमारीमा प्रहरीको गोलीबाट दुई जनाको मृत्यु भएको घटनामा मन्त्री ज्वाला पनि दोषी रहेको छानविन प्रतिवेदनको निष्कर्ष हुँदा पनि कारबाही नभएको भन्दै एमालेले विरोध जनाएको छ।
बर्तौलाले सरकार आफैंले बनाएको अयोगले भौतिकमन्त्री ज्वाला दोषी भनेपछि किन निलम्बन नगरको भनदै प्रश्न गरे। उनले भने, ‘प्रधानमन्त्रीले बर्खास्त गरेको भन्ने सूचना पाएनौं। सिपाहीलाई कारबाहीको डन्डा, मन्त्रीलाई उन्मुक्ति हुन सक्दैन।’
यस्तै, टेरामक्स प्रकरणमा अख्तियारमा बयान दिएका पूर्वसञ्चारमन्त्री तथा वर्तमान स्वास्थ्यमन्त्री मोहन बस्नेतलाई पनि अनुसन्धानमा सहयोग गर्न बर्खास्त गर्न माग गरे । यस्तै, रामग्राम क्षेत्रमा निजी क्षेत्रलाई दिने प्रपन्चमा लागेका पर्यटनमन्त्री सुदन किरातीलाई पनि राजीनामा गर्न माग गरेको छन्।











![यातायात कार्यालयमा सेवाग्राहीको भिड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_e5165121-1783068187.jpg)
