Kathmandu Press

चार दलीय समाजवादी मोर्चाको बैठक आह्वान

उनका अनुसार मोर्चाले अहिलेसम्म देशभर गरेका सङ्गठन विस्तार तथा राजनीतिक गतिविधिको समीक्षाका साथै भावी कार्ययोजनाबारे बैठकमा छलफल हुनेछ । बैठक बिहान ९ बजे नेकपा एकीकृत समाजवादीको कार्यालयमा बस्ने उनको भनाइ छ । 
चार दलीय समाजवादी मोर्चाको बैठक आह्वान

काठमाडौं, फागुन ६ : चार दल सम्मिलित समाजवादी मोर्चाको बैठक आह्वान गरिएको छ । नेकपा एकीकृत समाजवादीको कार्यालय सचिव जीवनराम श्रेष्ठले आइतबारका लागि बैठक बोलाइएको जानकारी दिए । 

उनका अनुसार मोर्चाले अहिलेसम्म देशभर गरेका सङ्गठन विस्तार तथा राजनीतिक गतिविधिको समीक्षाका साथै भावी कार्ययोजनाबारे बैठकमा छलफल हुनेछ । बैठक बिहान ९ बजे नेकपा एकीकृत समाजवादीको कार्यालयमा बस्ने उनको भनाइ छ । 

Hardik ivf

यस्तै  बैठकमा सरकारको कार्यको समीक्षाका साथै मुलुकको समसामयिक राजनीतिक अवस्था, अन्तर्राष्ट्रिय राजनीतिक प्रभावबारे पनि छलफल हुनेछ ।

हाल एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले अध्यक्षता गरिरहेको मोर्चामा सो पार्टीसहित  नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सहभागी छन् । 

प्रकाशित मिति: ०८:२२ बजे, आइतबार, फागुन ६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्