Kathmandu Press

सरकार जनतामा आशा जगाउन सफल छ : उपमहासचिव पुन

उनले सरकार गठनपछि सुशासनको प्रयत्न भएको र राज्यका सबै अंग सुशासन स्थापनामा केन्द्रित भएकाले यसबाट जनतामा आशा र उत्साह बढाएको उल्लेख गरे।
सरकार जनतामा आशा जगाउन सफल छ : उपमहासचिव पुन

कास्की, फागुन ५ : नेकपा माओवादी केन्द्रका केन्द्रीय उपमहासचिव वर्षमान पुनले वर्तमान सरकारले जनतामा आशा जगाउने काम गरेको बताएका छन्।

प्रेस सेन्टर नेपाल जिल्ला समिति कास्कीले आयोजना गरेको पत्रकार भेटघाटमा उनले सरकार गठनपछि सुशासनको प्रयत्न भएको र राज्यका सबै अंग सुशासन स्थापनामा केन्द्रित भएकाले यसबाट जनतामा आशा र उत्साह बढाएको उल्लेख गरे।

Hardik ivf

‘नेतृत्वले पहल गर्दा जनतामा आशा जगाउन सकिन्छ, जनतालाई प्रोत्साहित गर्न सकिन्छ भन्ने सन्देश पैदा भएको छ,’ नेता पुनले भने।

सरकारले हुण्डी, क्रिप्टोकरेन्सीलगायतको कारोबारमा कडाइ गरेपछि औपचारिक च्यानलबाट विदेशबाट पैसा आउँदा विदेशी मुद्रा सञ्चिति बढेको उनले उल्लेख गरे।

‘अहिले देशमा एक वर्षलाई धान्ने विदेशी मुद्रा सञ्चित भएको छ। विगतमा विदेशी मुद्रा छैन भनेर हाहाकार मच्चाइयो,’ उनले भने, ‘ठूला पुँजी र आयोजनामा आयातका लागि जम्मा भएको पैसा लगानी गर्नुपर्दछ। अर्थतन्त्र चलायमान गराउनुपर्छ।’

नेता पुनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माणअघि लागि समाजका सबै तह र तप्कामा व्यापक छलफल गरी प्राथमिकता निर्धारण गरिने बताए।

नेता पुनले वर्तमान सत्ता गठबन्धनमा कुनै समस्या नरहेको उल्लेख। उनले निर्वाचन प्रणालीले गठबन्धन अनिर्वाय गरेकाले राजनीतिक स्थायित्वका लागि गठबन्धन कायमै रहने बताए।

‘देश, स्थिरता र समृद्धिका लागि गठबन्धन गर्न सकिन्छ । निश्चित ‘म्यान्डेट’सहित अहिले काम गरेकाले अहिले गठबन्धन तलमाथि हुँदैन,’ उनले भने।

प्रकाशित मिति: २१:०८ बजे, शनिबार, फागुन ५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्