Kathmandu Press

‘निजी क्षेत्रको योगदानबिना देशले समृद्धिको फड्को मार्न सक्दैन’

‘जुनसुकै समुदायको होस् राजनीतिक समुदाय होस् चाहे व्यापारी होस्, चाहे कर्मचारी होस्, जुनसुकै जाती समुदायको होस् उसले गल्ती गरेको छ भने राज्यले कारबाही त गर्छ नै । त्यसमा तपाई प्रष्ट हुनुपर्छ।’
‘निजी क्षेत्रको योगदानबिना देशले समृद्धिको फड्को मार्न सक्दैन’

काठमाडौं, फागुन ५ : गृहमन्त्री नारायणकाजी श्रेष्ठले निजी क्षेत्रको योगदानबिना देशमा समृद्धिले फड्को मार्न नसक्ने बताएका छन्।

काठमाडौंमा शनिबार मारवाडी सेवा समिति नेपालको ७१औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले निजी क्षेत्रलाई अर्थतन्त्रको महत्वपूर्ण अंग बनाएर अगाडि लैजानुपर्ने बताए।

Hardik ivf

‘सरकारले राज्यले संविधानमा परिभाषित गरेझैं निजी क्षेत्रलाई यसको अभिन्न अंग मान्छ र निजी क्षेत्रलाई प्रोत्साहित गर्नुपर्छ । त्यसकारणले गर्दा अहिले निजी क्षेत्रलाई जोडेर मात्रै देशको विकास र समृद्धिमा फड्को मार्न सकिन्छ भन्ने कुरामा सरकार संविधानमा मात्र होइन, भाषणमा मात्र होइन भित्रदेखि प्रतिबद्ध छ,’ उनले भने, ‘निजी क्षेत्रको योगदानबिना समृद्धिले फड्को मार्न सक्दैन।’

कानुन सबैका लागि बराबर भएको भन्दै उनले कसुर गर्नेहरु जोसुकै कारबाहीको भागीदार हुने बताए। उनले भने, ‘जुनसुकै समुदायको होस् राजनीतिक समुदाय होस् चाहे व्यापारी होस्, चाहे कर्मचारी होस्, जुनसुकै जाती समुदायको होस् उसले गल्ती  गरेको छ भने राज्यले कारबाही त गर्छ नै । त्यसमा तपाई प्रष्ट हुनुपर्छ।’

गृहमन्त्री श्रेष्ठले मारवाडी समुदायले देशको अर्थतन्त्रसँगै समाजसेवाका क्षेत्रमा महत्वपूर्ण योगदान गरेको बताए। उनले उद्योग, व्यापार, व्यवसाय र समाज सेवामा मारवाडी समुदायको विशेष योगदान रहेको बताए।

कार्यक्रममा मारवाडी सेवा समितिमा विशिष्ट योगदान गर्ने समाजका ३ जना सदस्यलाई मरणोपरान्त, ५ जना जेष्ठ महिला सदस्य, ५ जना जेष्ठ पुरुष सदस्यलाई सम्मान पत्र र बाबुलाल राधादेवी टिबडेवाला मारवाडी सेवा समिति नेपाल छात्रवृत्ति अक्षय कोष स्थापनाका लागि सहयोग गर्ने दाता संस्था टिबडेवाला धमार्थ ट्रष्टलाई कदरपत्र प्रदान गरिएको थियो।

प्रकाशित मिति: १९:५१ बजे, शनिबार, फागुन ५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्